Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

प्रेम सम्बन्धलाई कानुनको दृष्टिकोणबाट हेर्दा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८१
in विचार, समाचार
0
प्रेम सम्बन्धलाई कानुनको दृष्टिकोणबाट हेर्दा
177
SHARES
Share on FacebookShare on Twitter

आजसम्म विश्व साहित्यमा थुप्रै कृतिहरू आए, जो प्रेमसँग सम्बन्धित छन् । आजको समय पनि प्रेमका अनेकौँ प्रयोगहरू गरिरहेको छ । मानिसको मनमा प्रेमको उदय कुन समयबाट हुन्छ भन्ने प्रश्न सोचनीय नै छ ।

यो विषय सामाजशास्त्र, मनोविज्ञान, तथा मानिसको शारीरिक विकासमा भर पर्ने कुरा हो । प्रेमको परिभाषा पनि व्यापक छ । प्रेम आफूले आफैंलाई गर्ने विषयदेखि विस्तारित हुँदै एक व्यक्तिले दोस्रोलाई वा समाज, राज्य, सम्पूर्ण विश्व, पर्यावरण तथा जनावर सबैसँग हुने आत्मिक अभ्यास नै प्रेम हो । यसमा बुद्धिभन्दा वढी मन सक्रिय हुन्छ र समवेदनासम्म पुग्छ । त्यसैले त प्रेममा सुख छ । दुःख पनि छ ।

प्रेम शब्द आफैंमा अनन्त छ । यद्यपि, यो लेखमा पुरुष र महिलाबीच हुने प्रेम सम्बद्धका बारेमा चर्चा परिचर्चा गर्ने प्रयास गरीएको छ भने अर्कातर्फ प्रेम सम्बन्ध जोडिन सक्ने केही कानुनी व्यवस्था र प्रेम सम्बन्ध जोडिएका केही नजिरको सामान्य अध्ययन गरिएको छ । जसको उदेश्य प्रेम सम्बन्धमा रहेका वा रहन खोज्ने व्यक्तिहरूलाई यसको सामान्य जानकारी सम्म होस् भन्ने हो ।

सामान्यतयाः मानव जातिमा किशोरावस्था सुरु भएपछि विभिन्न परिवर्तनहरू हुने गर्दछन् । जसमा विपरीत लिङ्गप्रतिको आकर्षण पनि एक हो । सामान्यतयाः यो आकर्षण र प्रेम अन्र्तसम्बन्धित छन् । बढ्दो प्रविधिको प्रयोगसँगै किशोरावस्थमा आउने परिवर्तन र त्यसलाई अझै उत्सुकतापूर्ण बनाइदिने काम विभिन्न माध्यमहरूले गरिरहेका छन् । जसको एउटा राम्रो उदाहरण हो, सामाजिक सञ्जाल ।

अर्कोतर्फ मानव जीवनमा प्रेम सम्वन्ध अति आवश्यक रहेको कुरा हिजोका दिनमा व्यक्तिले जति ढिलो थाहा पाउने अवस्था हुन्थ्यो, आज त्यो अवस्था छैन ।

कुनै पनि पुरुष चाहे उ प्रेम सम्बन्धमै किन नहोस्, आफ्नी प्रेमिका अर्थात् कुनै पनि महिला जो शारीरिक सम्बन्धमा संलग्न हुँदैछन् उनको मञ्जुरी अनिवार्य आवश्यकताको विषय हुन्छ ।

मञ्जुरी भनेको सहमति वा स्वीकृति हो ।

कम्तिमा पनि सात वर्षको बालबालिकाले प्रेमबारे सामान्य ज्ञान प्राप्त गरेका हुन्छन् । अझ उनीहरू कसैको नाम नै जोडेर यो यसको गर्लफ्रेण्ड, व्वाईफ्रेण्ड हो भनिदियो भने लाजले भुतुक्कै हुने अवस्था हुन्छ । मन परेको केटा वा केटी छ भने सर्माउन जानेका हुन्छन्, तर प्रतिकार चाहीँ गर्दैनन् ।

मन नपरेको छ भने चौपट्टै रिसाउन पनि जानेका हुन्छन् । कता कता यतिबेला लाग्छ, कतै यसैलाई पो प्रेम भन्ने कि ? वा भन्ने मानव जातिमा प्रेमको सुरुवात ? अथवा यसैलाई सामाजिक विकृति भन्ने ? यो समाजको बहसको विषय हो ।

अर्कातर्फ तीनै बालबालिकामध्ये धेरैको कक्षा ८ सम्म पुग्दा, नपुग्दा प्रेमपत्र साटासाट नै सुरु भइसक्छ । सामान्य माया प्रेमका कुरा जोडेर वातचित सुरु हुन्छ । जसको उदाहरण युट्युबमा राखिएको मेरो सेरोफेरो नामको फिल्म सायद यसकै एक हो । जहाँ स्कुल पढ्दै गरेका बालबालिका पात्र छन् । यसैगरी कक्षा ११ १२ मा पढ्दै गरेका किशोरकिशोरीको प्रेमलाई गज्जवसँग उठाएको उपन्यास हो, पर्पला ।

पर्पला उपन्यासका पात्रहरूको त प्रेम मात्र हुँदैन, सम्भोग पनि हुन्छ । साहित्य भनेका जीवनका वृत्तचित्र हुन् । यो केवल कल्पनामा मात्र सीमित हुँदैन । समाजमा यस किसिमका प्रेम प्रसंगहरू व्याप्त छन् । कतिपय अवस्थामा त १२ कक्षामा पढ्दै गरेका

किशोरकिशोरीहरूको २–३ वटा प्रेम टुटिसकेको हुन्छ । यसकै कारण तनावमा हुन्छन् उनीहरू । प्रेमका विषयमा समाज यहाँ लेखेभन्दा पक्कै पनि धेरै अगाडि छ ।

ती बालबालिका प्रेममा रहन्छन्, सँगै घुम्न चाहन्छन् र कतिपय अवस्थामा सँगै रात पनि बिताउँछन् । यस किसिमका अभ्यासलाई समाजमा सामान्यतयाः सम्झाई बुझाई गरिन्छ र प्रेमप्रति सजग गराइन्छ । जुन कुरा परिवारको अभ्यास र नैतिकतामा निर्भर हुन्छ ।

तर, कतिपय अवस्थामा १८ वर्षभन्दा कम उमेरका बालबालिका आफ्नो प्रेमप्रति दृढ विश्वासमा हुन्छन् र त्यसलाई छाड्न पटक्कै सक्दैनन् ।

अन्ततोगत्वा त्यो कि विवाहमा परिणत हुन्छ कि चाहिँ सुसाईड । जतिबेला उनीहरू कानुनतः सावालक सम्म भएका हुँदैनन् । विवाह गर्ने उमेरको कल्पनै छाडौँ । यो समयमा आफ्ना छोराछोरीलाई सम्झाई बुझाई गर्ने विधि नै सर्वोत्तम विधि हो । यतिसम्मको कुरा गरिसकेपछि अब हामी फरक किसिमले छलफल गरौँ ।

सामान्य बुझाईमा प्रेमको अन्तिम रूप विवाह हो । प्रेम सम्बन्धमा रहेको अवस्थामा नाता कायमको मुद्दा लिएर अदालतमा पस्नु, यो भनेको आफ्नो प्रेमले पतिपत्नीको नाता प्राप्त गरोस् भन्नु नै हो । त्यसको निरन्तरता चाहिँ परिवार हो । मागी विवाहमा भन्दा प्रेम विवाहमा अभ्यस्त हुँदै गएको पछिल्लो समयमा हाम्रो समाजले खोजेको पति पत्नी भनेका प्रेमी प्रेमिका नै हुन् । जहाँ विवाहका लागि केवल सहमति मात्र हुँदैन, त्यहाँ एक–अर्काको भावना जोडिएको हुन्छ ।

विवाहको समयसम्म आइपुग्दाको संघर्ष जोडिएको हुन्छ । सहमतिलाई नेपालमा मुलुकी अपराध संहिता २०७४ को दफा २० ले मञ्जुरी शब्दमा व्यक्त गरेको छ । मञ्जुरी भनेको कानुन बमोजिम योग्य व्यक्तिले कुनै काम वा निर्णयका लागि प्रदान गर्ने सहमति हो । जहाँ मञ्जुरी दिने विधिको व्यवस्था गरेको छ । कानुनले उल्लेख गर्छ, मौखिक रूपमा वा लिखित रूपमा वा आचरणद्वारा दिइएको सहमति हो ।

यहाँ मञ्जुरी के कस्तो अवस्थामा हुँदैन भन्ने सबै विषयको चर्चा गरिएको छैन ।

प्रेम सम्बन्ध ती व्यक्तिहरूका बीचमा हुन सक्छ, जो पुरुष र महिला छन् र उनीहरू आपसमा मिलेर परिवार बसाल्न सुरु गर्छन् ।

समाजमा महिला र महिलाले वा पुरुष र पुरुषले पनि सहमतिमै विवाह भएको घटनाहरूसमेत सार्वजनिक भएका छन् । यद्यपि, हामीले बुझेको र कानुनले बुझेको विवाह भनेको एक पुरुष र एक महिला बीचमा परिवार बसाल्ने सहमति हो । कानुनतः अन्य सम्झौता गर्न वा सहमति प्रदान गर्न व्यक्तिहरू १८ वर्ष पुगेपछि योग्य हुन्छन् ।

तर विवाह चाहिँ २० वर्ष पुगेपछि मात्रै गर्नुपर्ने हुन्छ । यदि २० वर्ष नपुगी विवाह गरे त्यो बालविवाह हुन जान्छ । बालविवाह कसुर हो । अदालतमा तत्कालै मुद्दा नपुगेपनि भोलिका दिनमा यसले ल्याउने कानुनी समस्याहरू धेरै छन् । तसर्थ प्रेम हुँदैमा विवाह गरिहाल्नुपर्छ भन्ने होइन । आफ्ना सन्तानको प्रेमलाई परिवारले पनि बुझ्न आवश्यक देखिन्छ ।

प्रेमसँगै जोडिने अर्को एक विषय शारीरिक सम्बन्ध हो । कस्तो अवस्थामा शारीरिक सम्बन्ध करणी मात्र हुन्छ । अर्थात् त्यसमा कानुनी प्रश्न आउँदैन । र कस्तो अवस्थामा त्यो जबरजस्ती करणी हुन्छ, त्यो पनि जान्नु आजको आवश्यकता हो । सामान्यतयाः प्रेम सम्बन्ध एक उत्सुकता र विपरीत लिङ्गप्रतिको आकर्षणबाट सुरु हुने भएको हुँदा यसमा यौन जोडिनु स्वभाविक भएकाले यस विषयमा चर्चा चलाउन खोजिएको हो ।

यो केवल चेतनाको विकास गर्ने हेतुले उल्लेख गरिएको मात्र हो । विवाह गर्न पाउने उमेर एकातर्फ २० वर्षको छ भने मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिइनकन करणी गरेमा त्यो जबरजस्ती करणी हुन जान्छ भनी उल्लेख गरेको छ ।

कुनै पनि पुरुष चाहे उ प्रेम सम्बन्धमै किन नहोस्, आफ्नी प्रेमिका अर्थात् कुनै पनि महिला जो शारीरिक सम्बन्धमा संलग्न हुँदैछन् उनको मञ्जुरी अनिवार्य आवश्यकताको विषय हुन्छ ।

मञ्जुरी भनेको सहमति वा स्वीकृति हो ।

के सबै महिलाले दिएको सहमति, सहमति हो ? भन्ने प्रश्न पनि उत्तिकै आउँछ । अर्थात् यो जान्नु अनिवार्य छ । संहिताको सोही दफाको सोही उपदफाले मन्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यो जबरजस्ती करणी हुन्छ । सँगै आउने अर्को प्रश्न हो १८ वर्षभन्दा कमको बालकले १८ वर्षभन्दा कम उमेरकी बालिकालाई मन्जुरीमा करणी गरेमा के हुने भन्ने विषय चर्चाकै क्रममा छ ।

विधायिकाले आजसम्म यसरी कानुन निर्माण गरेको छैन । अदालतले यस किसिमको अवस्थामा गरेका व्याख्याहरूकै आधारमा यस विषयमा बोल्नुपर्ने हुन्छ ।

खास कुरा के भने १८ वर्षभन्दा कम उमेरमा शारीरिक सम्पर्कतर्फ उन्मुख नहुनु नै सबैभन्दा सहज उपाय हो, कानुनको दायरा भन्दा अलग रहन । अर्कोतर्फ स्वास्थ्यका हिसाबमा पनि यो उत्तम उपाय हो । अर्कातर्फ करकाप, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिइ लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भन्ने व्यवस्था रहेको हुँदा यस किसिमका कार्य गरी कुनै पनि महिलालाई एकान्तमा लैजाने, लैजान खोज्ने, करणी गर्ने कार्य नगरौँ ।

किनकि, यस किसिमका कार्यहरू अदालत प्रवेश गर्ने विषय हुन् । गैरकानुनी र नैतिक आचरणभन्दा बाहिरका काम हुन् । प्रेम खुला हृदयले गरौँ, तर महिलाको संवेदनशीलताको फाइदा लिने कुनैपनि कार्य नगरौँ ।

कानुनको दायराभित्र प्रवेश गरिसकेपछि मैले कानुन जानेको थिइन भन्न पाईंदैन । ठूला भनिएका सेलिब्रेटी, सन्त महन्त, व्यापारी, उद्योगपति वा भनौँ सरकारी जागिरेसम्म चुकेको विषय पनि यही हो । हामी यस विषयमा आजबाट नचुकौँ ।

अर्थात् प्रेमलाई प्रेममा रहन दिऔँ, करणी अर्कै पाटो हो भन्ने मानसिकताको विकास गरौँ । यो मानसिकतामा भर पर्ने कुरा हो । समयमै यसको ज्ञान भएमा हामी धेरै हदसम्म संयमित हुन सक्छौँ ।

प्रेम सम्बन्धमा जोडिने केही देवानी विषय छन् । जसलाई उमेर पुगेका प्रेमी प्रेमिकाले समेत करार वा सम्झौता वा कपाली गरेर अगाडि वढेका खण्डमा उक्त देवानी विषयका कारोबारहरू भोलिका दिनमा कानुनको दायरामा ल्याउनसक्ने अवस्था छ । जस्तैः लेनदेन ।

प्रेम भएपछि विश्वासका आधारमा यति उति पैसा देउ भन्ने जमात पनि राम्रै हुनसक्छ, समाजमा । प्रेम भएको मानिस जसलाई विवाह नै गरेको छैन त्यस्तो व्यक्तिसँग सामान्य रकम बाहेक अस्वभाविक रकम लिनुदिनु गर्दा कपाली गरेर लिनुदिनु गरेका खण्डमा भविष्यमा आउनसक्ने जोखिम न्यूनीकरण हुन्छ ।

प्रेमी प्रेमिका मिलेर व्यवसाय गरिरहँदा करार सम्झौताको कागज गरेका खण्डमा प्रेम टुटेर गएपनि लगानी डुब्दैन । हुन त धरैलाई प्रेम सम्बन्धका अगाडि लगानी केही पनि नलाग्ला । प्रेम टुटेकै कारण आत्महत्या जस्तो कार्य गर्न तत्पर मानिसहरूको संख्या पनि निकै छ ।

उमेर पुगेका महिला वा पुरुषले समान्यतयाः सहमतिमा करणी गरेको अवस्थामा त्यो जबरजस्ती करणी हुँदैन । सहमतिमा करणी आदानप्रदान गरेको हुन्छ ।

यस्तो अवस्थमा आफ्नो प्रेमी प्रेमिकालाई दिएका रकम वा संयुक्त रूपमा गरेका व्यवसायहरू ज्यादै साना लाग्न सक्छन् । तर त्यही आत्महत्या र मनोरोगबाट आफूलाई बचाउन भएपनि यस्ता कानूनी कागजहरू गरिरहँदा केही बिग्रँदैन । यसलाई प्रेम गर्ने जोडीले एक अर्कालाई अविश्वास नसम्झेर भविष्यको सुरक्षा सम्झिए दुवैको भलो हुने देखिन्छ ।

अब फेरी केही फरक तरिकाले हेरौँ । प्रेम सम्बन्ध शब्द जोडिएर जिल्ला अदालत प्रवेश गरी सर्वोच्च अदालतसम्म पुगी फैसला भएका नजिरहरूको थोरै अध्ययन गरौँ । सामान्यतयाः प्रेम सम्बन्ध कहीँ न कतै उल्लेख भएका मुद्दा अदालतमा प्रवेश गरिरहँदा ती कर्तव्य ज्यान, बहुविवाह, मानव वेचविखन तथा ओसारपसार, जवरजस्ती करणी जस्ता कसुरका रूपमा प्रवेश गरेका छन् ।

यसरी आखिरी अवस्थामा वा प्रेम शब्दमा आएका विभिन्न समस्याहरू जो यस किसिमका अपराधको शीर्षक हुन पुगेका छन्, त्यहाँ हाम्रो कहीँँ न कतै कानुनको ज्ञानमा कमी छ । आफूहरूमा विश्वासको अभाव छ र एकले अर्कालाई धोका दिने मनसाय वा भनौँ त्यही अपराध घटाउनकै लागि हामी प्रेम गरेको जस्तो गरिरहेका छौँ । खास प्रेम शब्दले यस किसिमका अपराधहरू आफैँले भने बोकेको हुँदैन ।

हेरौँ केही नजिरहरू :

अम्विका भट्टराई वि. उद्धव प्रसाद भट्टराई (ने.का.प. २०६३ अंक ४ नि.नं. ७६९०) भएको अंश मुद्दामा कुनै दुई प्रेमी प्रेमिकाका रूपमा बस्नु र लोग्नेस्वास्नी भई वस्नु दुई अलगअलग स्थिति र अवस्था हुन्छ । प्रेम हुँदैमा विवाह हुनैपर्ने बाध्यता हुँदैन भन्ने सम्मको फैसला नेपालको सर्वोच्च अदालतले गरेको छ ।

जुन मुद्दामा पुरुषले महिलालाई प्यारी बहिनी, माई डियर, यादै, यादकी खानी जस्ता शब्द लेखेर पत्र पठाएको र सो पत्रहरूकोे अध्ययन अदालतले पनि गरेको छ । प्रस्तुत मुद्दामा महिलाले आफूहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र पटकपटक करणी लिनुदिनु भएको हुँदा हामी पति पत्नी हौँ ।

त्यसैले पति पत्नीको नाता कायम गरी प्रतिवादीबाट अंश दिलाई पाउँ भन्ने दाबी लिएको अवस्था छ । तर, प्रस्तुत मुद्दामा महिलाले आफूहरूबीच करणी लिनुदिनु भएको यथेष्ट प्रमाण पेश गर्न, आफू प्रतिवादी सँग करणी लिनुदिनु गरी गर्भवती रहेको वा शिशुको जन्म भएको भन्ने कुरा पनि पेश गर्न सकेकी नहुँँदा यी महिला र पुरुषबबीच करणी लिनुदिनु भएको कुरा पुष्टि हुन सकेको छैन ।

वादीले नाता कायम गरी अंश लिनसमेत सक्ने अवस्था रहेको छैन ।

खगेन्द्र नेपाली वि. नेपाल सरकार (ने.का.प. २०७९ अंक ११ नि.नं. १०९७७) भएको कर्तव्य ज्यान मुद्दामा उठान भएको प्रेम कहानी पनि उत्तिकै पठनयोग्य छ । प्रस्तुत मुद्दामा मृतकका बाबुले जाहेरी दिएका छन् भने प्रतिवादी रहेका खगेन्द्र नेपालीले अनुसन्धान अधिकारी समक्ष बयान गर्ने क्रममा आफूहरू लामो समयदेखि प्रेम सम्वन्धमा रहेको कुरा बताउँछन् ।

भन्छन्, ‘मृतक र मैले खोटाङको हलेसी मन्दिरमा गई सिन्दुर पोते पनि गरिसकेका थियौँ । सो कुरा मृतकका बुबालाई थाहा भएपछि निजले हाम्रो विवाह हुन नसक्ने बताउनुभयो । मृतकले सो कुरा मलाई बताइन् र घटना भएको रात उनले मलाई आफ्नो घरमै बोलाइन् । मलाई उनको घरमा लिन सरीता बुढा आएकी थिइन् । राति हामी सरीता बुढा, मृतक र म एउटै कोठाको एउटै खाटमा सुत्यौँ । सरीता बुढा निदाएपछि हामीले सहमतिमै करणी लिनुदिनु पनि ग¥यौँ । त्यसपछि दुवैजना निदाएछौँ । बिहान ३ बजेतिर मृतकले बोलाएपछि म ब्यूँझिएँ । त्यसपछि उनले भनिन्, तिमी घर जाउ, म मर्न जान्छु । यसपछि हामी दुवैजना घरबाट निस्कियौँ र नजिकैको जंगलमा गयौँ । विषको प्रवन्ध मृतकले नै गरेकी रहिछन् । सो विष मैले पहिला एक बिर्को खाएँ, यसपछि म ढलेँ । म बाट विष लिएर मृतकले बाँकी विष खाइन् । यसपछि मलाई केही थाहा भएन । उनी मरिन्, म बाँचेँ ।’

प्रस्तुत मुद्दामा सर्वोच्च अदालतले मृत्युको मुखमा पुगिसकेको र अन्य तेश्रो पक्षको सहायताले बाँच्न पुगेको संयुक्त रूपमा मिलेर गरेको आत्महत्यामा विभिन्न आधार र कानुनको व्याख्या गर्दै यी खगेन्द्र नेपालीलाई सफाई दिएको छ । यो प्रेम सम्बन्ध जोडिएको एक मार्मिक मुद्दा भन्दै गर्दा अत्युक्ति नहोला । जहाँ नाबालिका छोरीलाई परिवारले गुमायो । राज्यले एक नागरिक गुमायो ।

यसैले अहिलेपनि बितेको केही छैन किशोरावस्थामा हुने प्रेमलाई परिवारले बुझ्ने प्रयास गरौँ । यसकारण प्रेम सम्बन्धमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।

वृत्त कालीमाटी २६(२२)०७४ को जाहेरीले नेपाल सरकार वादी वि. रवि कुमार गुप्ता भएको जबरजस्ती करणी मुद्दामा जाहेरवालीले आफूलाई सामान्य चिनजानको आधारमा ‘व्ल्याक मेलिङ’ समेत गरी कोठामा बोलाई प्रतिवादी रवीकुमार गुप्ताले जबरजस्ती करणी गरेका हुन् भन्ने कुरा उल्लेख गरेकी छन् । यस मुद्दामा वादी र प्रतिवादीका बीचमा प्रेम सम्बन्ध रहेको कुरा प्रतिवादी रवीकुमार गुप्तको बयानले उल्लेख गरेको छ ।

जसमा आफूहरू बीचको प्रेम वादीकी आमालाई पनि थाहा भएको र वादीकी आमाले अहिले तिमीहरूको उमेर पुगेको छैन उमेर पुगेपछि बिहे गर्नु भनेकी हुन् । तर सोही कुरा वादीका बुबाले थाहा पाएपछि वादीलाई कुटपिट गरी तिमीहरूको विवाह हुन सक्दैन भनेको र बुबाको कुटपिटको डरमा परी वादीले मुद्दा दायर गरेकी हुन् भनी उल्लेख भएको देखिन्छ ।

प्रस्तुत मुद्दामा तथ्य र प्रमाणको विस्तृत विवेचना गर्दै सर्वोच्च अदालतले…………प्रतिवादीले लामो समयसम्म पनि प्रतिवादीको उक्त कार्यको बारेमा कोही कसैलाई नभनेको र घटनाको बारेमा कतै सूचना दिने प्रयास पनि नगरेको कहिँ कतै उजुर पनि नगरेको, प्रतिवादीसँग सहज रूपमा विभिन्न ठाउँमा घुम्न गएको, सँगै रात बिताएको अवस्था रहँदा रहँदै जाहेरवालीको जाहेरी व्यहोरा तथा बकपत्र व्यहोरालाई स्वभाविक लिन नमिल्ने ।

जाहेरी तथा बकपत्र व्यहोरा विश्वसनीय र सामान्य नजरले हेर्दा स्वभाविक पनि देखिनुपर्छ भनी प्रतिवादी रवीकुमार गुप्तालाई सफाई दिएको अवस्था छ ।

माथि उल्लेखित मुद्दाको सारांश प्रेमी प्रेमिकालाई पढाउनु पछाडि संकलनकर्ताको कारण यो हो कि जबरजस्ती करणी सम्बन्धी कसुर एक जटिल र गम्भीर प्रकृतिको कसुर भएकाले कसुर भएको निश्चित समयभित्र कसुरको सूचना नजिकैको प्रहरी कार्यालयमा दिनुपर्ने हुन्छ । यसको प्राविधिक पक्ष के हुन्छ भने जबरजस्ती करणी जस्तो कसुरमा पहिलो पीडित र साक्षी दुवै पीडित स्वयं हुने अवस्था रहन्छ ।

जहाँ पीडितको स्वास्थ्य परीक्षण हुन्छ । जसबाट जबरजस्ती करणी भएको हो, होइन भन्ने प्रमाण फेला पर्न सक्छ । अर्कातर्फ जबरजस्ती करणी भएको अवस्थामा पीडितले अनुसन्धान अधिकारी समक्ष र अदालत समक्ष एकै किसिमको व्यहोरा लेखाउनुपर्छ ।

हुन त पीडित होस्टाईल हुँदैमा कसुर ठहर नहुने होइन तथापि होस्टाइल हुँदै गर्दा कसुरदार उम्कन सक्ने मौका पनि सँगै नआउने भन्ने पनि त हुँदैन । अर्को कुरा जबरजस्ती करणी भएकै हो वा सहमतिमा करणी लिनुदिनु हुन्थ्यो सो कुरा अन्य परिस्थितिजन्य प्रमाणहरूले पनि बोल्ने भएकाले यसमा सदैव सचेत रहनु अनिवार्य तत्व कै रूपमा रहेको हुन्छ ।

उमेर पुगेका महिला वा पुरुषले समान्यतयाः सहमतिमा करणी गरेको अवस्थामा त्यो जबरजस्ती करणी हुँदैन । सहमतिमा करणी आदानप्रदान गरेको हुन्छ ।

अन्त्यमा, नेपालमा पटकपटक ‘लिभ इन रिलेशन’ को विषयमा छुट्टै कानुन निर्माण हुनुपर्छ भनी कुराहरू उठिरहेका छन् । तथापि हाम्रो परम्परा, संस्कृति र समाज तथा पारीवारिक संरचना पाश्चात्य मुलुकको भन्दा पक्कै पनि फरक छ ।

आज पनि हाम्रा अभिभावकहरू आफूले रोजिदिएको केटा वा केटीसँग वैवाहिक वन्धनमा आफ्ना छोराछोरीहरू बाँधिएकोमा गर्व महसुस गर्छन् । केही अभिभावकहरू आफूले छान्नेभन्दा गज्जबको केटा वा केटी छोराछोरीले छानेकामा गर्वै पनि गर्ने गर्छन् ।

यद्यपि, हामीले जान्नु बुझ्नु पर्ने कुरा चाहिँ के भने सुरुवात प्रेमबाट हुन्छ, पछि त्यसैले अपराध निम्त्याउन सक्छ, कानुनी उल्झनहरू खडा गर्नसक्छ, एक अर्का बीचमा देवानी दायित्वको सिर्जना भएको हुनसक्छ यसलाई चाहिँ हरेक प्रेम जोडीले समयमै संयमित भएर अगाडि बढ्ने प्रयास गरौँ ।

आजको समाजमा प्रत्येक कुराका लागि ‘लाइफ कोच’हरू उपलब्ध हुनुहुन्छ । घरमा भन्न नसकेका कुरा भए वहाँहरूबाट सरसल्लाह लिन सकिन्छ । कानुनी सल्लाह लिएर वा बुझेर मात्रै अगाडि वढौँ । प्रेम अन्धो हुन्छ, तथापि आँखा खोलेर प्रेम गर्न सकियो भने यो फलदायी नै पनि हुने समाजका विभिन्न उदाहरणबाट पाउन सकिन्छ ।

(यो विचार लेखकको नितान्त व्यक्तिगत हो । लेखक अधिवक्ता हुन् ।)

यो पनि _ नेपालको कानुनमा विवाह सम्बन्धी कसुर

Tags: #विचारआलोक खनाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन...

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    379 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.