Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

सन्तोष पुर्कुटी by सन्तोष पुर्कुटी
साउन २६, २०८३
in पर्यावरण, भिजिट नेपाल, समाचार
0
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी
58
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ । हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् ।

यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउँछन् । उनले तिम्बुङ पोखरीमा आउने पर्यटकको सुविधाका लागि पहिलोपटक सबैभन्दा माथि अर्थात् पोखरी नजिकै होमस्टे(घरवास पर्यटन) खोलेका छन् ।

समुद्री सतहदेखि करिब चार हजार ३५० मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी पुग्नु आफैँमा एउटा अविस्मरणीय यात्रा हो ।

सदरमुकाम फुङलिङबाट करिब पाँचदेखि छ घण्टाको सवारी यात्रा र त्यसपछि एक दिनको पैदल यात्रा तय गरेपछि पुगिने यो पोखरीले यात्रुलाई गन्तव्यको आनन्द मात्र होइन, यात्राका क्रममा नै प्रकृतिसँगको गहिरो साक्षात्कार पनि गराउँछ ।

तिम्बुङ पोखरी पुग्ने अधिकांश मानिसले स्वर्गकै अनुभूति हुने गरेको बताउँछन् ।  एक वर्ष पहिले तिम्बुङ पोखरी पुगेकी पवित्रा लिम्बूलाई पुनः एकपटक तिम्बुङ पोखरी पुग्ने रहर छ ।

“पहिले तिम्बुङ पोखरी पुग्दा मैले जे अनुभव गरेँ, त्यो शब्दमा व्यक्त गर्न सक्दिन, त्यो यात्राले मेरो जीवनमा अविस्मरणीय सम्झना थपेको छ, यहाँको प्राकृतिक सौन्दर्य साँच्चै स्वर्गजस्तै लाग्यो”, लिम्बूले भनिन् ।

यता पटक–पटक पुगे पनि फोटो पत्रकार डेभिट ओझा रहर मेटिएको छैन ।

ओझा भन्छन्, “हरेक पटक पुग्दाको मौसम, त्यहाँको प्राकृतिक वातावरणले गहिरो छाप छोड्ने गर्छ, शान्त वातावरण, हिमालको सौन्दर्य, साहसिक पदयात्रा र त्यस क्षेत्रमा हुने स्वागत सत्कार लोभ लाग्दो छ ।”

कतिपय परम्परागत गोठहरू गोठस्टे (पर्यटकलाई राख्न सकिने गोठ) मा परिणत हुँदा र नयाँनयाँ होमस्टे थपिँदा आफ्नोमा आकर्षण गर्न गोठस्टे, होमस्टेले स्वागत सत्कारका नयाँनयाँ तरिका अपनाउने गरेको उनले बताए ।

कतै छुर्पी खुवाएर, कतै तातोपानी, चिया खुवाएर आफ्नो परिवेशका कुरा सुनाएर यहाँका व्यवसायीले मक्ख बनाउने गरेको उनले अनुभव छ ।

पदमार्गमा गोठस्टेको आकर्षण

आन्तरिक पर्यटकको आगमन बढेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा रहेका परम्परागत गोठहरू अहिले गोठस्टेमा रूपान्तरण हुन थालेका छन् ।

विभिन्न खर्कमा रहेका परम्परागत गोठका संरचनामा थप सुधार गरेर पर्यटकलाई खान बस्नको सुविधा सम्पन्न बनाइएका छन् । पहिले तिनै गोठमा असहज रुपमा बस्नुपथ्र्यो ।

तिम्बुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि गोठस्टेमा परिणत गर्नुपरेको एक पशुपालक व्यवसायीले बताए । स्थानीय गाउँहरूमा होमस्टे र साना गेष्टहाउस पनि सञ्चालनमा आएका छन् ।

यसले तीन वर्षअघिको तुलनामा पर्यटकलाई सहज हुन थालेको छ । तिम्बुङ पोखरीमा तीन वर्षयता उल्लेख्य रूपमा पर्यटकहरूको आगमन बढ्न थालेको हो ।

यहाँका गोठस्टेमा बस्नु बिलकुल फरक र रोचक अनुभव प्राप्त गर्नु हो । सहर तथा भीडभाडबाट केही दिन टाढिँदै गर्दा लेकका फाट्टफुट्ट गोठमा बस्दा जो कसैलाई फरक र रोचक अनुभव हुनेगर्छ ।

याक र चौँरी पाल्ने गोठालासँग आगो ताप्दै जीवनका भोगाइ सुन्ने, अगेनामा उम्लिरहेको ताजा दूधको सुवास महसुस गर्ने, लहरै झुन्ड्याइएका छुर्पी हेर्ने र त्यही दूधजन्य उत्पादनको स्वाद लिन पाउनु यात्राको विशेष आकर्षण बन्ने गर्छ ।

यस क्षेत्रमा खोलिएका होमस्टेहरूले पनि स्थानीय संस्कृति, हिमाली जीवनशैली र आत्मीय आतिथ्यको अनुभव गराउँदै आएका छन् । यात्राका क्रममा समय र आवश्यकताअनुसार गोठस्टे, होमस्टे वा गेष्टहाउस रोज्न सकिन्छ ।

प्राकृतिक वातावरणसँग साक्षात्कार

तिम्बुङ पोखरी आसपासमा विशेषगरी केन्जो पाइन्छ । पदमचाललाई केन्जो भन्ने गरिएको छ । पोखरीमै पुगेपछि केन्जोले सबैको मनलाई आकर्षित गर्ने गर्छ तर तिम्बुङ पोखरीको यात्रामा पोखरी पुग्नुअघि बाटोभरि विभिन्न हिमाली प्रजातिका फूलहरूले डाँडाकाँडालाई रङ्गीन बनाएका हुन्छन् ।

जहाँ बगैँचामा कोही मालीले रोपेको, हुर्काएको जस्तै गरी ढकमक्क फुलेका विभिन्न फूलले उतै घर सारौँ भन्ने धेरैलाई लाग्दो हो । चट्टानबीच छङ्छङ् गर्दै बग्ने ससाना खोल्साको मधुर आवाज, हरियाली वन, खुला चरन क्षेत्र र टाढासम्म देखिने हिमशृङ्खलाले सबैलाई स्वर्गकै आभास गराउँछ ।

तिम्बुङ पोखरी क्षेत्र प्राकृतिक सौन्दर्यले मात्र होइन, जैविक विविधताका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ विश्व संरक्षण सूचीमा रहेको रेड पाण्डासहित बहुमूल्य जडीबुटी–केन्जो (पदमचाल), पाँचऔँलेलगायतका जडीबुटी पाइन्छन्, जसले तिम्बुङ पोखरीलाई अध्ययन अनुसन्धानको गन्तव्य पनि बनाएको छ ।

तिम्बुङ पोखरी धार्मिक रुपमा पनि महत्वपूर्ण

तिम्बुङ पोखरी प्राकृतिक रुपमा मात्रै नभई धार्मिक आस्थाको केन्द्र पनि हो । धार्मिक हिसाबले यसलाई महत्वपूर्ण मान्ने गरिएको छ ।

स्थानीय समुदायले यस पोखरीलाई आस्थाको केन्द्रका रूपमा लिँदै आएका छन् । यही धार्मिक महत्व र प्राकृतिक रूपमा सुन्दर भएकाले नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यमा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको छ ।

यहाँ पूजा आराधना गरे मनोकामना पूरा हुने, अनिष्ट नहुने जनविश्वास रहिआएको छ । त्यसैले मानिसहरू धार्मिक हिसाबले समेत यहाँ पुग्ने गर्छन् ।

अझै चुनौती

पर्यटनको सम्भावना उच्च भए पनि तिम्बुङ पोखरी क्षेत्र पूर्वाधार विकासका हिसाबले भने अझै पछि परेको स्थानीयको भनाई छ ।

समाजसेवी कैलाश राईले पोखरी जाने पदमार्ग, विश्रामस्थान, अन्य आवश्यक संरचना निर्माणका लागि तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहले केही लगानी गरे पनि त्यो पर्याप्त हुन नसकेको उहाँको भनाइ छ । यातायातका लागि सडकको स्तरोन्नति, पदयात्राका लागि पदमार्गको दिगो र भरपर्दो व्यवस्थापन हुन सके पर्यटकीय गतिविधि थप बढेर जाने उहाँको विश्वास छ ।

तिम्बुङ पोखरीको प्रचारप्रसारका लागि स्थानीय सरकारको सहयोगमा विभिन्न खेलकुदसहितका गतिविधि हुने गरेकाछन् । केही वर्ष पहिले यहाँ तिम्बुङपोखरी ट्रेल रन आयोजना गरिएको थियो ।

त्यसै क्रममा प्रचारप्रसारका अन्य गतिविधि समेत भएका थिए । त्यसपछि यहाँ क्रमस पर्यटकहरुको आगमन बढ्दै गएको पर्यटन व्यवसायी अमिर राई बताउँछन् ।

भारतको सिक्किमसँग सिमाना जोडिएको तिम्बुङ पोखरी आसपास हाँडी पोखरी, लक्ष्मी पोखरी, लाम पोखरीलगायत थुप्रै पोखरी रहेका छन् ।

पर्यटन व्यवसायीका अनुसार आवश्यक पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्नसके तिम्बुङ पोखरीलाई आधार बनाएर सिक्किम हुँदै भारतबाट आउने पर्यटकलाई पूर्वी नेपालको अन्य पर्यटकीय गन्तव्यसम्म आकर्षित गर्न सकिन्छ ।

यसरी पर्यटकीय परिपथ नै बनाएर अघि बढ्नसके जिल्लाको समग्र पर्यटन क्षेत्रले थप गति लिने र यसले सबैलाई फाइदा पुग्ने व्यवसायीको विश्वास छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक आस्था, स्थानीय संस्कृति र साहसिक पदयात्राको अनुपम सङ्गम बनेको तिम्बुङ पोखरी पूर्वी नेपालको उदाउँदो पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको र अझ व्यवस्थित पूर्वाधार, दिगो पर्यटन योजनासहित प्रवर्द्धन गर्न सकिए तिम्बुङ पोखरीले जिल्लालाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाअन्तर्गत पाँचथर ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पर्ने यस पोखरीमा पाँचथर, ताप्लेजुङ दुवै जिल्लाबाट पुग्न सकिने बाटोहरू छन् ।

Tags: #ताप्लेजुङ#भिजिट नेपालतिम्बुङ पोखरीपर्यावरण
सन्तोष पुर्कुटी

सन्तोष पुर्कुटी

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by सन्तोष पुर्कुटी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by सन्तोष पुर्कुटी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.