इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार साँझ कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
उनी डेढ वर्षमा तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
त्यस्तै नेकपा एमालेका उपनेता रामबहादुर राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले पनि मन्त्रीको शपथ लिएका छन्। उनीहरू दुवैजना बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।
एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरूको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।












Discussion about this post