पछिल्लो समय सरकारले लकडाउनको अन्त्य घोषणा गरेसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
यसैक्रममा सुनसरी जिल्लापनि यसबाट अछुतो रहन सकेको छैन ।
प्रदेश १ को भारतसंग सिमाना जोडिएका सुनसरी जिल्लाका विभिन्न स्थानीय तह संक्रमणको उच्च जोखीममा रहेका छन् ।
भारतसँग सिमाना जोडिएका सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, देवानगञ्ज र बर्जु गाउपाँलिका उच्च जोखीममा रहेको सुनसरी प्रशासनले जनाएको छ ।
विभिन्न स्थानिय तहलाई कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्थानीय तहको सूचीमा राखेको छ ।
सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताका अनुसार प्रदेश १ को सुनसरी, मोरङ, झापा र इलामका भारतसंग सिमाना जोडिएका स्थानीय तहलाई कोरोनाको उच्च जाखिममा राखेको हो ।
















Discussion about this post