मोरङको बिराटनगर महानगरपालिका २ बरगाछी चोकबाट नियन्त्रित लागूऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा मंगलवार जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैँचा नगरपालिका ८ का ४२ बर्षीय रामप्रसाद पोखरेललाई २२२ ग्राम १५० मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजको घरमा समेत रहेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुले संगै निजको घरमा नियमानुसार खानतलासी गर्दा थप ३०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन (आईस) बरामद भएको थियो ।
कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रित लागुऔषध एन्फाटामाईन सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post