इटहरी : कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासको तेस्रो नम्बरमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो।
दोस्रो नम्बरमा रहेको रवि लामिछाने र महान्यायाधिवक्ता कार्यालयविरुद्धको रिटमा सुनुवाइ नसकिएपछि कोशी प्रदेश सरकारविरुद्धको रिटसहित उक्त इजलासका बाँकी सबै मुद्दा हेर्न नभ्याइनेमा परेका हुन्।
कोशी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासको प्रस्ताव समेत नल्याएको अवस्थामा प्रदेश प्रमुख परशुराम खापुङले नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई अर्को मुख्यमन्त्री नियुक्त गरेपछि तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
जेठ २७ मा दायर रिटमा प्रदेश प्रमुखले संविधानविपरीत नियुक्ति दिएको भन्दै परमादेशबाट नियुक्तिको प्रक्रिया र त्यसपछिका सबै काम खारेज गर्न माग गरिएको छ।












Discussion about this post