नेपालमा कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेका तीन जना पर्सा जिल्ला निवासी पुरुष र एक जना पर्सा घर भई ललितपुरमा बसोवास गरिरहेकी महिला रहेका छन् ।
वीरगञ्ज नगरपालिकाका ५६ वर्षीय पुरुषको सघन उपचार कक्षमा भेन्टीलेटरमा उपचारको क्रममा गण्डक अस्थायी कोरोना अस्पतालमा बिहीवार राति मृत्यु भएको हो। उनलाई मुटुको समस्या रहेको बताइएको छ।
अर्का ३५ वर्षीय पुरुषको पनि बिहीवार बेलुकी निधन भएको हो भने ६५ वर्षीय पुरुषको बिहीवार बिहान निधन भएको हो।
ललितपुर बस्दै आएकी ६५ वर्षीया महिलाको भने पाटन अस्पतालमा शुक्रवार बिहान निधन भएको हो।
उनी १० दिन अगाडिदेखि उपचाररत रहेको र मधुमेहको बिरामी रहेको बताइएको छ।
















Discussion about this post