इनरुवा : सुनसरीको इनरुवा नगरपालिका ४ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुका साढे ९ बजे स्थानीय रामनारायण मेहेताले आफ्नै घर अगाडि पार्किङ गरी राखेको को १० प ९९८८ नम्बरको मोटरसाइकललाई धनुषाधाम नगरपालिका ९ का २१ वर्षीय सञ्जयकुमार रवि दासले चोरी गर्दै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post