श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यालयमै कुटपिट भएको छ ।
भ्रष्टाचारविरोधी अभियान्ताको छवि बनाएका उप–सचिव सञ्जेल शनिबार कार्यालयमा कुटिएका हुन् ।
शनिवार पनि कार्यालय पुगेका सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका् प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार भएको थियो ।
एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
















Discussion about this post