सुनसरीमा ११ जना सहित प्रदेश १ मा आज एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमितहरू मध्ये २२ जना पुरूष र ५ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा १६ जना र सुनसरीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा विराटनगरमा ४ महिला र ८ पुरूषमा संक्रमण देखिएको छ ।
त्यस्तै, मोरङका अन्य तीन स्थानीय तह बुढीगंगामा १ जना पुरूष, कटारीमा २ जना पुरूष र ग्रमथानमा १ जना पुरूषमा संक्रमण देखिएको हो ।
सुनसरीमा भने सबै भन्दा धैरै धरानमा १ महिला र ८ पुरूष गरी ९ जनामा संक्रमण देखिएको छ । त्यस्तै, बराहक्षेत्र र इटहरीमा एक –एक पुरूषमा पनि संक्रमण देखिएको छ । ।
हालसम्म प्रदेश १ मा १ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
















Discussion about this post