खसी चोरेर लजादैँ गरेको अवस्थामा धरानबाट ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका ११ का १९ बर्षीय रोशन पराजुली, सुन्दरहरैँचा नगरपालिका ७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका ९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
२ वटा खसीहरु चरन गरिरहेको अवस्थामा चोरी गरेर टेम्पोमा हालेर लगेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका चारैजना बिरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरि कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
















Discussion about this post