कोरोना भाइरसको संक्रमणका कारण विराटनगरको कोशी अस्पतालमा एक वृद्धको मृत्यु भएको छ ।
ज्वरो र स्वाशप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वाशप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
















Discussion about this post