दुहवी नगरपालिकाले नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको छ ।
अति आवश्यक काम बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले जानकारी दिए । खाद्यान्न पसल भने बिहान ८ बजे देखि १ बजे सम्म खोल्ने उनको भनाई थियो ।
दुहबी नगरपालिकाको स्वास्थ्य शाखा बाहेक सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
दुहवी नगरपालिकाका शिक्षा शाखाका अधिकृत विकास घिमिरेका अनुसार नगरपालिकाकै एक कर्मचारी सहित ४ जनामा कोरोना भाइरसको पुष्टि भएपछि लकडाउन गर्ने निर्णय भएको हो ।
उनले भने, २६ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको छ, यस क्षेत्रका सबै सरकारी सेवा पनि बन्द गरिएको छ ।
उनका अनुसार अहिले नगरपालिकाका कर्मचारी र अन्य स्थानीयको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।
निर्णय उल्लंघन गर्ने पसललाई ५ हजार जरिवाना गर्ने समेत निर्णय भएको छ ।

















Discussion about this post