धरान उपमहानगरपालिकामा पनि एक साताका लागि लकडाउन गर्न निर्णय भएको छ ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै बुधबार राति १२ बजे देखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उपमहानगरपालिकाका मेयर तिकल राईले जानकारी दिए ।
आज बिहान बसेको बैठकको धरानमा लकडाउन जारी गर्ने निर्णय भएको हो । अत्यावश्यक र औषधी पसल बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय भएको छ ।
हालसम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।
















Discussion about this post