झापा : झापामा एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका एक थुनुवालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको थियो ।
बिरामी भएर धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
खड्काको स्वास्थ्यमा असहज भइ आम्दा अस्पताल, धुलाबारी लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।
मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो।














Discussion about this post