धरान : धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ । उच्च अदालत विराटनगरले मंगलबार ताला खोल्न आदेश दिएपछि आन्दोलनरत १० दलहरूले बुधबार ताला खोलेका हुन् ।
खानेपानीको महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्यवृद्धि गरिएपछि धरानका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, उपभोक्तासहितले आइतबार खानेपानी बोर्डमा तालाबन्दी गरेका थिए ।
कार्यालयमा तालाबन्दी गरेपछि धरानका मेयर हर्कराज राईले तालाबन्दी खोल्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनले कांग्रेस धरानका सभापति श्याम पोखरेललगायत राजनीतिक दलका प्रतिनिधिविरुद्ध रिट दिएका थिए।
उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीले खानेपानीजस्तो संवेदनशील कार्यालयमा तालाबन्दी गर्न नपाइने भन्दै उक्त तालाबन्दी खोल्ने अन्तरिम आदेश दिएका थिए ।
अदालतको साउन २८ गते पूर्ण फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
यो पनि – खानेपानी बोर्ड धरानमा लगाइएको ताला खोल्न उच्च अदालतको आदेश
यो पनि – धरानमा नौ हजार नौ सय प्रतिशत महसुल बढाएपछि खानेपानी कार्यालयमा तालाबन्दी














Discussion about this post