Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा नौ हजार नौ सय प्रतिशत महसुल बढाएपछि खानेपानी कार्यालयमा तालाबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८१
in टाकुरा विशेष, समाचार
0
धरानमा नौ हजार नौ सय प्रतिशत महसुल बढाएपछि खानेपानी कार्यालयमा तालाबन्दी
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरानमा खानेपानीको महसुल नौ हजार नौ सय प्रतिशतसम्म वृद्धि गरिएको भन्दै खानेपानी बोर्डमा तालाबन्दी गरिएको छ ।

आइतबार धरानमा १० राजनीतिक दलहरूसहित उपभोक्ताहरूले विरोध जनाउँदै खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् । खानेपानी बोर्ड धरानका कार्यकारी निर्देशक राजु पोखरेलको कार्यकक्षमा आइतबार तालाबन्दी गरिएको हो ।

धरानमा खानेपानी महसुलमा ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै शुक्रबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरिएको थियो । बोर्डका ‘स्वघोषित अध्यक्ष’ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकलौटी रूपमा नौ हजार नौ सय प्रतिशतसम्म महसुल बढाएको भन्दै उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।

गत साउन १ गतेदेखि लागू हुनेगरी महसुल वृद्धि गरिएको थियो । त्यससँगै उपभोक्ताहरू गत साउन ११ गतेदेखि आन्दोलित बन्दै गएका छन् । यससँगै आन्दोलन उत्कर्षमा पुगेको छ ।

यसअघि ७२ घण्टे अल्टिेमटम दिँदै खानेपानीको महसुल पुरानै दरमा कायम राख्न माग गरिएको थियो । तर, हालसम्म खानेपानीको मूल्यवृद्धि फिर्ता नभएका कारण उपभोक्ताहरू सडकमा उत्रिन बाध्य हुनुपरेको कांग्रेस धरान सभापति श्याम पोखरेलले बताए ।

उनका अनुसार आइतबार संघर्ष समितिको आह्वानमा धरान १ सिंहदेवी चोकदेखि छाता चोक हुँदै खानेपानी बोर्डसम्म महसुल वृद्धिविरूद्ध प्रदर्शन गरिएको थियो ।

‘जनता ठग्न र मार्न पाईदैन,’ ‘खानेपानी बोर्डको हिसाब सार्वजनिक गर,’ ‘जन विरोध निर्णय खारेज गर,’ ‘जनता लुट्न बन्द गर,’ ‘नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर’ लगायतको प्ले कार्डसहित विरोध जनाइएको थियो । खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको बैठक नै नबसी गैरकानुनी रूपमा महसुल वृद्धि गरिएको भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने सभापति पोखरेलले बताए ।

नयाँ धारा जडान न्यूनतम ३३ देखि तीन सय प्रतिशतसम्म, होल चेन्ज एक सय ५० देखि दुई सय ८० प्रतिशतसम्म, नामसारी मृतकबाट दुई हजार चार सय प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म महसुल बढाइएको उनले बताए ।

‘अब धराने जनताहरू वडा वडाबाटै स्वस्फूर्त निस्किदैँछन्,’ उनले भने, ‘आज खानेपानी बोर्डमा धर्ना दिएका छौँ । माग सुनुवाइ भएन भने धर्नाको कार्यक्रम रेगुलर जान्छ ।’

उनका अनुसार साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया, १८ गते सबै वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाइएको र आइतबार धर्ना दिइएको उनको भनाइ छ ।

‘असार मसान्तसम्म खानेपानीको जुन दर थियो, त्यही कायम नगरेसम्म आन्दोलन भइरहनेछ,’ उनले भने, ‘कुनैबेला खानेपानीको धारा नामसारी गर्दा दुई सय थियो । पछि बढेर १५ सय हुँदै दुई हजारसम्म पुग्यो । अहिले २० हजारसम्म पु¥याएको अवस्था छ ।’

उनका अनुसार खानेपानी बोर्डले कीर्तेसमेत गरेको छ । साउन २ गते बोर्डले सूचना टाँस गरी महसुल वृद्धि गरेको जनाएको थियो । ११ गते दलहरूले ज्ञापनपत्र बुझाएसँगै सोही दिन नामसारीमा भने ५० प्रतिशतसम्म छुट गर्ने जनाएपनि २ गतेकै मिति र सोही चलानी नम्बर प्रयोग गरी सूचना टाँस गरिएको पोखरेलले बताए ।

यसैगरी मर्मत तथा चेक एक सय देखि १९ सय प्रतिशतसम्म, महसुल ११ देखि दुई सय प्रतिशतसम्म, निवेदन दस्तुर चार सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ ।

मृतकको नाममा रहेको धारा नामसारीजस्तो मानवीय संवेदना जोडिएको विषयमा यसरी एक हजार नौ सय देखि नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धिले अचाक्ली ढाड सेकेको जनता समाजवादी पार्टी धरान सभापति चाजुव लिम्बूले बताए । उनका अनुसार महसुल हचुवाको भरमा बढाइएको र फिर्ता नलिएसम्म आन्दोलन जारी रहनेछ ।

बढुवा भएको खानेपानीको बिल धराने जनताहरूले अनुमोदन गर्न नहुने उनले बताए ।

नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अब कसैले पनि खानेपानीको बिल तिर्न नहुने भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

आइतबारको विरोध कार्यक्रममा पूर्व सांसद जयकुमार राई, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, माओवादी केन्द्र धरान अध्यक्ष सर्वजित राई, नेकपा एकीकृत समाजवादी धरानका अध्यक्ष रेवतीरमण राई, लगायत १० दलका प्रतिनिपधहरू सहभागी थिए ।

खासगरी स्थानीय तहको निर्वाचनताका धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले मतान्तर बढाएपछि एकाएक उनको चर्चा चुलियो । चर्चा मात्रै होइन, उनले निर्वाचनै जिते । उनले निर्वाचन जित्नुको एउटै कारण हो, धरानको खानेपानी समस्या समाधान ।

त्यतिमात्रै होइन, उनी कुनैबेला अभियन्ता हुँदा धरानमा खोनपानी समस्या भएको र त्यसलाई समाधान गर्नुपर्ने माग राख्दै आएका थिए । त्यसो त उनै साम्पाङले आफू अभियन्ता हुँदा खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ‘हप्काएको’ भिडियोसमेत भाइरल भएको थियो ।

साम्पाङ अभियन्ता नै रहँदा ०७७ सालमा धरानमा तिलक राई मेयर थिए । त्यसबेला साम्पाङले खानेपानीको शुल्क घटाउनुपर्ने र पानीको समस्या समाधान गर्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, अहिले उनै अभियन्ता हर्कराज राई (हर्क साम्पाङ) मेयर भइसकेपछि भने धरानमा खानेपानीको महसुल अचाक्ली बढाएको भन्दै राजनीतिक दलसहित उपभोक्ताहरू आन्दोलित छन् ।

राजनीतिक दलहरूले नगर प्रमुख साम्पाङलाई कुनैबेला ‘सडकमा हुँदा सत्ताको विरोध गर्ने साम्पाङ आज सडककै आवाजलाई दबाउन’ खोजिरहेको आरोपसमेत लगाउने गरेका छन् ।

यसअघि धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भएपनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिकाखानेपानीतालाबन्दीहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

मोरङ : मोरङको धनपालथान गाउँपालिकामा साथीसँग खेल्न गएकी एक १२ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो धनपालथान...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३
मोरङमा बेपत्ता भएको चार घण्टामै बालिका मृत भेटिइन्, हत्या भएको प्रहरीको आशंका

मोरङमा बेपत्ता भएको चार घण्टामै बालिका मृत भेटिइन्, हत्या भएको प्रहरीको आशंका

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.