इटहरी । इटहरी नमुना कलेज समाजिक कार्य र आम संचार अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले ‘पूर्व विद्यार्थी समाज गठन गरेको छ ।
भेलाले इटहरी नमुना कलेजको शैक्षिक श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ अंशु अधिकारीको अध्यक्षतामा ‘ इटहरी नमुना कलेज पूर्व विद्यार्थी समाज गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा एलीना श्रेष्ठ, सचिव पुकार चौधरी, सह–सचिव बिकल रेग्मी र कोषध्यक्षमा प्रकास परीयार रहेका छन् । त्यस्तै, सदस्यहरुमा एलिना कटवाल, नवल रिजाल लगायत रहेका छन् । नव गठित समाजले इटहरी नमुना कलेजमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर कलेजलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोति सहित कार्यक्रम गर्ने समाजका सचिव पुकार चौधरीले बताए ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post