इटहरी २० तरहरामा दुईजनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि यहाँका केही क्षेत्र सिल गर्ने तयारी गरिएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहराको पुष्पलाल टोल क्षेत्र र लालीगुँरास टोलमा सिल गर्ने तयारी गरिएको हो ।
केही दिन अगाडि तरहरामा रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अफिसका कर्मचारीको ४ जनाको गरिएको पीसीआर परीक्षणमा दुईजना कर्मचारीलाई कोरोना देखिएको थियो ।
विहीबार २७ बर्षीय र २५ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पुष्पलाल टोल र लालीगुँरास टोलमा सिल गर्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

‘दुई कर्मचारीमध्ये एकजना सवारी चालक रहेको र उनी समृद्धि अफिसमै अहिले पनि बसोबास गर्दै आएकाले सिल गर्न लागिएको हो,’ श्रेष्ठले टाकुरासँग भने, ‘आज दिउँसो उनीहरुको सम्पर्कमा आएका अन्यको पनि पहिचान गरी पीसीआर परीक्षण गर्ने तयारी पनि थालेका छौँ ।’
उनका अनुसार सिल गरिएको क्षेत्रमा कसैले पनि पसल खोल्ने, बाहिर आवतजावत गरेमा कारबाहीको दायरालाई पनि अगाडि बढाईनेछ ।
श्रेष्ठले गाउँका अन्य मानिसको पनि आवश्यक पहिचान गरी पीसीआर परीक्षणको दायरालाई बढाईने जानकारी दिए ।
यो पनि – तरहरामा रहेको समृद्धि अफिसका दुईजना कर्मचारीमा कोरोना पुष्टि
यो पनि – तरहरामा दुईजना सहित आज इटहरीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि















Discussion about this post