झापाको कमल गाउँपालिका ५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको छ ।
आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षती पुर्याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय झापामा जंगली हात्तीले क्षती गर्ने क्रम बढ्दो छ ।
















Discussion about this post