प्रदेश १ मा आज ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६४ जना रहेका छन् झापामा २ जना र सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा ८ महिला र २४ पुरूष, रंगेलीमा ६ महिला र २३ पुरूष, कटारीमा १ महिला र बुढिगंगामा २ पुरूष रहेका छन् ।
त्यस्तै, सुनसरीको धरानमा १ पुरूष झापाको मेचीनगरमा १ पुरूष र बिर्तामोडमा १ जना पुरूषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा हाल सम्म ५० हजार १ सय ३२ जनामा गरिएको परीक्षणमा १ हजार ३ सय २२ जनालाइ कोरोना संक्रमण देखिएको छ ।
















Discussion about this post