इटहरीका एक कोरोना संक्रमितलाई ३२ घण्टापछि हस्पिटल लगिएको छ ।
इटहरी ५ का २७ बर्षीय कोरोना संक्रमितलाई कोरोना रिपोर्ट पोजेटिभ आएको ३२ घण्टापछि आज साँझ हस्पिटल लगिएको हो ।
उनको स्वाशप्रश्वासमा समस्या आएको र हस्पिटलले फोन नै नउठाएको गुनासो गरेपछि यसअघि टाकुरान्यूजले यस बिषयमा समाचार प्रकाशन गरेको थियो ।
इटहरी प्रशासनको गम्भीर लापरबाहीका कारण कोरोना संक्रमितहरु अहिले घरमै बस्न बाध्य भएका छन् । इटहरीमा अहिले ६ जना कोरोना संक्रमित घरमै छन् ।
उनीहरुको भिडियोकलमार्फत परामर्श भईरहेपनि ती युवामा भने श्वासप्रश्वासमा समस्या, लगातार खोकी लागेपछि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि एम्बुलेन्समा हालेर लगिएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
ती युवामा बिहीबार विहान ११ बजे कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । कोरोना हस्पिटलमा बेड खाली नहुँदा कोरोना संक्रमित घरमै बस्न बाध्य छन् ।
यो पनि – इटहरीका संक्रमित भन्छन्, ‘श्वासप्रश्वासमा समस्या आएको छ, हस्पिटलले फोन उठाएन’
















Discussion about this post