Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मुख्यमन्त्री कार्की भन्छन् – राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८१
in समाचार
0
कोशी : जनताको आर्थिक समृद्धिलाई जोड्न योजना कार्यान्वयन गरिने
81
SHARES
Share on FacebookShare on Twitter

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताएका छन् । भगवान् राधाकृष्ण रथयात्राको आज (मंगलबार) अपराह्न शुभारम्भ गर्दै उनले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकामा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिए । उनले सनातन धर्म, संस्कृतिको रक्षा गर्नुपर्छ भन्दै मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका धर्म, संस्कृति हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण र प्रस्फुटन गराउन सदैव कार्य गर्ने बताए ।

मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राखे ।

उनले यो रथयात्रा विश्व शान्ति, मानवजातिको हित र प्राणी जगत्को रक्षाका लागि भएको चर्चा गर्दै विश्वमा देखापरेका जलवायु परिवर्तन समस्या समाधान, पृथ्वीको रक्षा र मानवजातिको पक्षमा रहेको बताए । उनले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भगवान् राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलब्ध गराउने बताए । रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३ औँ संस्करण यो रथयात्रा एसियाको दोस्रो ठूलो भएको जानकारी दिए ।

यात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ड्रोन र सिसी क्यामेरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ भने रथको अग्रभाग जुआबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी)लाई पुरुष र महिला भक्तजनले रथलाई तानी सञ्चालन गरिएको थियो ।

रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति, सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजनमण्डली रहेको रथयात्रा समारोहका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

उक्त रथयात्राको पूजाअर्जना गर्न, हेर्न तथा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरी करिब सात लाख भक्तजनको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ ।

विसं १९८८ देखि खटयात्रा र २०२७ सालबाट रथयात्रा सुरु गरिएको अध्यक्ष रेग्मीले बताए । विराटनगरमा निकालिएको यो यात्रा भारतको उडिसा पुरीमा निकालिने भगवान् जगन्नाथपछि दोस्रो ठूलो रहेको आयोजकले जनाएका छन् ।

Tags: #राससकोसी प्रदेशरथयात्राश्रीराधाकृष्ण रथयात्राहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको दिन के कस्तो रहला ? आजको राशिफल

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    287 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.