Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीमा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८१
in विविध, समाचार
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
69
SHARES
Share on FacebookShare on Twitter

झापा : कोशी प्रदेश सरकारले ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा चार वर्षअघि मन्त्रिपरिषद्बाट नियमावली बनाएर पहिलोपल्ट प्रतिष्ठान गठन गरिएको थियो ।

तत्कालीन प्रदेश नं १ सरकारको प्रथम निर्वाचित मुख्यमन्त्री शेरधन राईले विसं २०७७ पुस ६ गते प्रादेशिक सञ्चार प्रतिष्ठान पहिलोपटक गठन गरेका थिए । जसको अध्यक्ष तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रहने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कार्यकारी निर्देशकमा अग्रज पत्रकार यज्ञ शर्मा नियुक्त भएका थिए ।

प्रदेश सरकारमा नेतृत्व परिवर्तनपछि गठित अर्का मुख्यमन्त्री राजेन्द्र राईले विसं २०७८ मङ्सिर ९ गते प्रतिष्ठान खारेज गरे । त्यसपछि लामो समयसम्म प्रदेशमा आमसञ्चारसम्बन्धी प्रतिष्ठान गठनको विषय छलफलमै सीमित रहेको थियो ।

खारेजीमा परेको तीन वर्षपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले प्रतिष्ठानको दिगो स्थापना र व्यवस्थापनका लागि ऐन निर्माण प्रक्रिया अघि बढाएको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका पूर्वअध्यक्ष विक्रम लुइँटेलले बताए।

“आमसञ्चार प्रतिष्ठान गठन हुनुपर्छ भनेर पहिल्यैदेखि आवाज उठ्दै आएको हो,” मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकारसमेत रहेको लुइँटेलले भने, “मन्त्रालयले तयार पारेको मस्यौदालाई जिल्लाहरूमा पुर्‍याएर सरोकारवालाहरूसँग छलफल गराउने कार्यक्रम तय भएको छ ।”

नेपाल पत्रकार महासङ्घका प्रदेश र जिल्ला समितिहरू, पत्रकारका सङ्घ–सङ्गठन, संस्थाहरू र सञ्चार क्षेत्रका विज्ञहरूमार्फत सङ्कलित सुझावहरूलाई समेटेर ऐनको मस्यौदालाई प्रदेश संसद्मा लगिने उनले बताए ।

संसद्मा छलफलपछि मात्र मस्यौदाले ऐनको स्वरूप लिन्छ । ऐन जारी भएपछि सरकारले प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठन गर्नेछ । पहिलेको नियमावलीमा मन्त्री अध्यक्ष बन्ने व्यवस्था भएको जनाउँदै आमसञ्चारकर्मीको सुझावअनुसार अहिलेको मस्यौदामा पत्रकारमध्येबाट प्रतिष्ठानको अध्यक्ष छनौट हुने नयाँ व्यवस्था गरिएको अग्रज पत्रकार यज्ञ शर्माले बताए ।

“ऐन बनाउन पहलकदमी लिइरहेकै अवस्थामा पहिलेको प्रतिष्ठान खारेजीमा परेको थियो,” खारेजीमा परेको तत्कालीन प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका शर्माले भने, “अहिले पत्रकारबाटै अध्यक्ष बनाउने व्यवस्था गरिएको छ । केन्द्रमा रहेको प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, विज्ञापन बोर्ड, प्रेस रजिस्ट्रारलगायतले गरिरहेकै जस्तो काम प्रादेशिक प्रतिष्ठानलाई दिन खोजिएको छ ।”

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले विधेयकको मस्यौदामा प्रतिष्ठानको सर्वोच्च अङ्गका रूपमा सञ्चालक समिति रहने र प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने बताए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष वा प्रतिनिधि सदस्य, मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख सदस्य, सञ्चार क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर क्रियाशील सञ्चारकर्मीमध्येबाट समितिको सिफारिसमा प्रदेश सरकारबाट नियुक्त कम्तीमा एकजना आदिवासी जनजाति र दुई महिलासहित पाँच जना सदस्य, प्रदेश प्रेस रजिस्ट्रारबाट सदस्यसचिव रहने गरी प्रतिष्ठानको समिति गठन हुने उपसचिव बेस्राले जानकारी दिए ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिसँगको समन्वयमा सोमबार विधेयकको मस्यौदाका विषयमा झापाको बिर्तामोडमा पत्रकारहरूसँग सुझाव सङ्कलन गरेको थियो ।

कार्यक्रममा विधेयकको मस्यौदामा भएका प्रावधानहरूमाथि पत्रकारहरूले परिमार्जनको सुझाव राखेका छन् । सरोकारवालासँगको सुझाव सङ्कलन कार्यक्रम आज सुनसरी र उदयपुरमा आयोजना गरिएको छ ।

Tags: #राससकोसी प्रदेशप्रादेशिक सञ्चार प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने
FEATURE BREAKING

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

विराटनगर : कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष विभिन्न...

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

by रासस
साउन २६, २०८३
0

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।...

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

साउन २६, २०८३
सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    443 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.