टाकुरा न्युज
Thursday, May 22, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीमा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरिने

रासस by रासस
प्रकाशित मिति : भदौ १८, २०८१
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
64
SHARES
Share on FacebookShare on Twitter

झापा : कोशी प्रदेश सरकारले ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा चार वर्षअघि मन्त्रिपरिषद्बाट नियमावली बनाएर पहिलोपल्ट प्रतिष्ठान गठन गरिएको थियो ।

तत्कालीन प्रदेश नं १ सरकारको प्रथम निर्वाचित मुख्यमन्त्री शेरधन राईले विसं २०७७ पुस ६ गते प्रादेशिक सञ्चार प्रतिष्ठान पहिलोपटक गठन गरेका थिए । जसको अध्यक्ष तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रहने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कार्यकारी निर्देशकमा अग्रज पत्रकार यज्ञ शर्मा नियुक्त भएका थिए ।

प्रदेश सरकारमा नेतृत्व परिवर्तनपछि गठित अर्का मुख्यमन्त्री राजेन्द्र राईले विसं २०७८ मङ्सिर ९ गते प्रतिष्ठान खारेज गरे । त्यसपछि लामो समयसम्म प्रदेशमा आमसञ्चारसम्बन्धी प्रतिष्ठान गठनको विषय छलफलमै सीमित रहेको थियो ।

खारेजीमा परेको तीन वर्षपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले प्रतिष्ठानको दिगो स्थापना र व्यवस्थापनका लागि ऐन निर्माण प्रक्रिया अघि बढाएको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका पूर्वअध्यक्ष विक्रम लुइँटेलले बताए।

“आमसञ्चार प्रतिष्ठान गठन हुनुपर्छ भनेर पहिल्यैदेखि आवाज उठ्दै आएको हो,” मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकारसमेत रहेको लुइँटेलले भने, “मन्त्रालयले तयार पारेको मस्यौदालाई जिल्लाहरूमा पुर्‍याएर सरोकारवालाहरूसँग छलफल गराउने कार्यक्रम तय भएको छ ।”

नेपाल पत्रकार महासङ्घका प्रदेश र जिल्ला समितिहरू, पत्रकारका सङ्घ–सङ्गठन, संस्थाहरू र सञ्चार क्षेत्रका विज्ञहरूमार्फत सङ्कलित सुझावहरूलाई समेटेर ऐनको मस्यौदालाई प्रदेश संसद्मा लगिने उनले बताए ।

संसद्मा छलफलपछि मात्र मस्यौदाले ऐनको स्वरूप लिन्छ । ऐन जारी भएपछि सरकारले प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठन गर्नेछ । पहिलेको नियमावलीमा मन्त्री अध्यक्ष बन्ने व्यवस्था भएको जनाउँदै आमसञ्चारकर्मीको सुझावअनुसार अहिलेको मस्यौदामा पत्रकारमध्येबाट प्रतिष्ठानको अध्यक्ष छनौट हुने नयाँ व्यवस्था गरिएको अग्रज पत्रकार यज्ञ शर्माले बताए ।

“ऐन बनाउन पहलकदमी लिइरहेकै अवस्थामा पहिलेको प्रतिष्ठान खारेजीमा परेको थियो,” खारेजीमा परेको तत्कालीन प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका शर्माले भने, “अहिले पत्रकारबाटै अध्यक्ष बनाउने व्यवस्था गरिएको छ । केन्द्रमा रहेको प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, विज्ञापन बोर्ड, प्रेस रजिस्ट्रारलगायतले गरिरहेकै जस्तो काम प्रादेशिक प्रतिष्ठानलाई दिन खोजिएको छ ।”

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले विधेयकको मस्यौदामा प्रतिष्ठानको सर्वोच्च अङ्गका रूपमा सञ्चालक समिति रहने र प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने बताए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष वा प्रतिनिधि सदस्य, मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख सदस्य, सञ्चार क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर क्रियाशील सञ्चारकर्मीमध्येबाट समितिको सिफारिसमा प्रदेश सरकारबाट नियुक्त कम्तीमा एकजना आदिवासी जनजाति र दुई महिलासहित पाँच जना सदस्य, प्रदेश प्रेस रजिस्ट्रारबाट सदस्यसचिव रहने गरी प्रतिष्ठानको समिति गठन हुने उपसचिव बेस्राले जानकारी दिए ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिसँगको समन्वयमा सोमबार विधेयकको मस्यौदाका विषयमा झापाको बिर्तामोडमा पत्रकारहरूसँग सुझाव सङ्कलन गरेको थियो ।

कार्यक्रममा विधेयकको मस्यौदामा भएका प्रावधानहरूमाथि पत्रकारहरूले परिमार्जनको सुझाव राखेका छन् । सरोकारवालासँगको सुझाव सङ्कलन कार्यक्रम आज सुनसरी र उदयपुरमा आयोजना गरिएको छ ।

Tags: #राससकोसी प्रदेशप्रादेशिक सञ्चार प्रतिष्ठान

Related Posts

झापामा हात्ती मृत फेला
समाचार

झापाको पाँचपोखरी सामुदायिक वनमा मकुना हात्ती मृत फेला

by रासस
प्रकाशित मिति : जेष्ठ ७, २०८२
0

झापा : झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५५...

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 
FEATURE BREAKING

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

by रासस
प्रकाशित मिति : जेष्ठ ७, २०८२
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित आठ जना पक्राउ

प्रकाशित मिति : जेष्ठ ७, २०८२
‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

प्रकाशित मिति : जेष्ठ ७, २०८२
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

प्रकाशित मिति : जेष्ठ ७, २०८२
झापा : बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप

झापा : बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप

प्रकाशित मिति : जेष्ठ ७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा हात्ती मृत फेला

झापाको पाँचपोखरी सामुदायिक वनमा मकुना हात्ती मृत फेला

प्रकाशित मिति : जेष्ठ ७, २०८२
विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

प्रकाशित मिति : जेष्ठ ७, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित आठ जना पक्राउ

प्रकाशित मिति : जेष्ठ ७, २०८२
‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

प्रकाशित मिति : जेष्ठ ७, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2427 shares
    Share 971 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1804 shares
    Share 722 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु

    765 shares
    Share 306 Tweet 191
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana