प्रदेश १ मा आज थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये मोरङका २९, सुनसरीका ६ र झापामा ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
१ हजार १०८ जनाको पीसीआर परीक्षण गरिएकोमा १३ महिला र २७ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमित मध्ये मोरङको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा एक महिला दुई पुरुष, इटहरीमा एक महिला एक पुरुष, बर्जुमा एक पुरुष रहेका छन् । त्यस्तै, झापाको बाह्रदशीमा एक महिला एक पुरुष, अर्जुनधारामा दुई र दमकमा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।
















Discussion about this post