विराटनगर : कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको छ ।
प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन पहिलोपटक लगानी सम्मेलन गर्न लागेको हो । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।
निजी क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारी सरकारको छ । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो ।
सोहीअनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्नेछ । प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ ।
लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । प्रदेशका सम्भावित आयोजननको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ ।
साथै, प्रदेशले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।
पीपीपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिए ।














Discussion about this post