सुनसरीमा १८ जना सहित प्रदेश १ मा आज ९८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमितहरू मध्ये ६४ जना पुरूष र ३४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना र ताप्लेजुङ, इलाम १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा २१ महिला र २९ पुरूष, बेलबारीमा १ पुरूष र बुढिगंगामा १० पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको धरानमा २ महिला र २ पुरूष, दुहबीमा २ महिला र ५ पुरूष, देवानगञ्जमा ३ पुरूष, हरीनगरमा १ पुरूष र १ जना इनरुवाका रहेका छन् ।
उदयपुरमा बेलकाका ४ महिला र ३ पुरूष, त्रियुगाका ३ महिला र ५ पुरूष रहेका छन् । झापाको मेचिनगरका १ महिला र १ पुरूष, रहेका छन् । भने ताप्तेजुङको फुङ्गलिङ्ग र इलामको सूर्योदयका १–१ जना पुरूष रहेका छन् ।
















Discussion about this post