Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८१
in समाचार
0
बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिंचाई तथा विद्युत आयोजनाहरू भत्किएको भन्दै पुनः निर्माणको पहल गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले शुक्रबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहरुमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा उक्त विपदमा परी नौ जना नागरिकहरुको ज्यान गएको छ भने चार जना नागरिक वेपत्ता छन् ।

‘बाढीले सयौंको संख्यामा घरवारबिहीन र अरबौको खेतिबाली तथा धनसम्पती नष्ट भएको छ । सयौ संख्यामा शिक्षा, स्वास्थ्य र संघसंस्थाहरुको भौतिक संरचना जोखिम अवस्थामा छन् । अरबौ मूल्यको आधा दर्जन पक्कीपुल तथा वेलिव्रिजलगायत सडक बाढीले बगाएको छ,’ माओवादी केन्द्रका कोशी इन्चार्ज गजुरेलले भने, ‘यसर्थ बाढी पहिरोले पीडित, जनधन गुमाएका, वेपत्ता तथा घरवार बिहीन पीडित पाँचथरबासी जनसमुदायहरुको यथाशिघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशिघ्र पुनः निर्माण गर्न माग गर्दछौं ।’

माओवादी टोलीले मृतक परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने, वेपत्ता व्यक्तिहरूको तत्काल खोज तथा राहत दिनुपर्ने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । जिल्लामा एक सय २० घर परिवार पूर्ण रुपमा घरवार विहिन भएका छन् भने सयौं घर परिवार उच्च जोखिमा छन् ।

उनीहरूको पुनर्वास र सुरक्षित आवासको लागि भूगर्भविदहरुको भौगोलिक अध्ययन गराएर बस्ती स्थानान्तरण र पुनः स्थापना गरी एकीकृत वस्ती विकास कार्यक्रम लागू गर्न पनि मुख्यमन्त्री कार्कीलाई माओवादी टोलीले आग्रह गरेको छ ।

जसमा फालेलुङ गाउँपालिका ३ को सुपिन्दाङ–सितलपाटी, वडा नम्बर ४ को चेम्फुवा–खुर्बुक, गैरीगाउँ, गुरुङटार, तालखर्क, वडा नम्बर ५ को लुङमादिन, सिरिसे लुदिन फेङ्लिटार र वडा नम्बर ६ को ठाडे, नाम्ले, खोलाघारीको वस्ती स्थानान्तरण गर्नुपर्ने उनीहरूको सुझाव छ । यस्तै फिदिम नगरपालिकाको वडा नं १३ खालिङखोप, छेउटार, लमुटार, साङमेना, स्यालधोती गाउँ पनि स्थानान्तरण गर्नुपर्ने जनाइएको छ ।

यस्तै पाँचथरमा मेचि राजमार्गको हेवाखोला पक्कि पुल, फिदिम फालोट सडक खण्ड फेमेखोला पक्कि पुल, सिवालय लुङरुपा गोरुवाले सडकको फेमेखोला त्रिबेनी पक्कि पुल, मध्य पहाडि लोकमार्ग अन्तर्गत ओयाम ठाडो खोलामा पक्कि पुल, मध्य पहाडी लोकमार्ग अन्तर्गत ओयाम फलैंचा फलाम खोला पक्की पुल, फिदिम फालोट सडक–मुवाखोला लुदिनटार पक्किपुल र दर्जनौ संख्यामा झोलुङ्गे पुलहरु मर्मत तथा पुनः निर्माण गरिनु पर्ने, सयौं क्षतिग्रस्त शिक्षा स्वास्थ्य संस्थाहरुको भवन मर्मत तथा पुन निर्माण गरिनु पर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, फालेलुङ गाउँपालिका वडा नं. २ देखि ८ को दर्जनौ सिँचाइ कुलोहरु, फिदिम २ देखि १४ नम्बर वडाका कुलो, फाल्गुनन्द गाउँपालिकाको ७ वटै वडाका दर्जनौं कुलोहरु भत्किएको भन्दै माओवादीले सम्पूर्ण सिँचाइ कुलोहरु तत्काल सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन, मर्मत सम्भार र पाइपको व्यवस्था गर्नुपर्ने पनि माग गरेको छ ।

यस्तै, जिल्लामा बाढीपीडित गाउँ वस्तिमा विद्युत् प्राधिकरणका संरचना ध्वस्त भएकोले तत्काल केन्द्रीय प्रसारण लाइनलाई मर्मत तथा निर्माण गरी विद्युत् सेवा सञ्चालन गरिनुपर्ने पनि उनीहरुको माग छ । जिल्लाको फालेलुङ गाउँपालिका ५ मा रहेको मुवाखोला लघु जलविद्युत आयोजना, वडा नं ६ रिगेवा लघु जलविद्युत आयोजना, मुवाखोला लुकुन्डे लघु जलविद्युत आयोजनाको पुनः निर्माण गर्नुपर्ने देखिएको गजुरेलले बाताए ।

फिदिम बृहत खानेपानी योजना तत्काल मर्मत गराउनु पर्ने, बाढी पहिरोका कारण फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकाहरमा अरवौको खाद्यान्न तथा नगदेवाली (अलैची, अदुवा, अम्लीसो, धान, कोदो)का साथै सयौंको संख्यामा पशु चौपायहरुमा क्षति भएको माओवादी पाँचथरका इन्चार्ज सीता थेबेले जानकारी दिइन् । क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिसहित विशेष किसान राहत कार्यक्रम लागू गर्न उनले माग गरिन् ।

माओवादीले २०८० असार २ गते बगाएका पक्किपुलहरु पनि हालसम्म पुनः निर्माण नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । जसमा हेवाखोला घुमाउनेटार पक्किपुल, हेवाखोला सासुटार पक्किपुल, हेवाखोला पचिसे फिदिम नपा १०– हिलिहाङ–७ बेलिब्रिज र हेवाखोला तमोर कोरिडोरको बेलिब्रिज पुनः निर्माण गर्नुपर्ने माओवादी पाँचथरका संयोजक विशाल रसाइले जानकारी दिए ।

माओवादीले मुख्यमन्त्री कार्कीका साथै भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलगायतसँग संयुक्त छलफल गरेको हो । छलफल सकारात्मक भएको र पुनःनिर्माणमा ध्यान दिने प्रतिबद्धता जाहेर भएको माओवादी नेता अछामीले जानकारी दिए ।

Tags: कोसी प्रदेशध्यानाकर्षणमाओवादीमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.