Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८१
in समाचार
0
बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण
68
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिंचाई तथा विद्युत आयोजनाहरू भत्किएको भन्दै पुनः निर्माणको पहल गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले शुक्रबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहरुमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा उक्त विपदमा परी नौ जना नागरिकहरुको ज्यान गएको छ भने चार जना नागरिक वेपत्ता छन् ।

‘बाढीले सयौंको संख्यामा घरवारबिहीन र अरबौको खेतिबाली तथा धनसम्पती नष्ट भएको छ । सयौ संख्यामा शिक्षा, स्वास्थ्य र संघसंस्थाहरुको भौतिक संरचना जोखिम अवस्थामा छन् । अरबौ मूल्यको आधा दर्जन पक्कीपुल तथा वेलिव्रिजलगायत सडक बाढीले बगाएको छ,’ माओवादी केन्द्रका कोशी इन्चार्ज गजुरेलले भने, ‘यसर्थ बाढी पहिरोले पीडित, जनधन गुमाएका, वेपत्ता तथा घरवार बिहीन पीडित पाँचथरबासी जनसमुदायहरुको यथाशिघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशिघ्र पुनः निर्माण गर्न माग गर्दछौं ।’

माओवादी टोलीले मृतक परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने, वेपत्ता व्यक्तिहरूको तत्काल खोज तथा राहत दिनुपर्ने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । जिल्लामा एक सय २० घर परिवार पूर्ण रुपमा घरवार विहिन भएका छन् भने सयौं घर परिवार उच्च जोखिमा छन् ।

उनीहरूको पुनर्वास र सुरक्षित आवासको लागि भूगर्भविदहरुको भौगोलिक अध्ययन गराएर बस्ती स्थानान्तरण र पुनः स्थापना गरी एकीकृत वस्ती विकास कार्यक्रम लागू गर्न पनि मुख्यमन्त्री कार्कीलाई माओवादी टोलीले आग्रह गरेको छ ।

जसमा फालेलुङ गाउँपालिका ३ को सुपिन्दाङ–सितलपाटी, वडा नम्बर ४ को चेम्फुवा–खुर्बुक, गैरीगाउँ, गुरुङटार, तालखर्क, वडा नम्बर ५ को लुङमादिन, सिरिसे लुदिन फेङ्लिटार र वडा नम्बर ६ को ठाडे, नाम्ले, खोलाघारीको वस्ती स्थानान्तरण गर्नुपर्ने उनीहरूको सुझाव छ । यस्तै फिदिम नगरपालिकाको वडा नं १३ खालिङखोप, छेउटार, लमुटार, साङमेना, स्यालधोती गाउँ पनि स्थानान्तरण गर्नुपर्ने जनाइएको छ ।

यस्तै पाँचथरमा मेचि राजमार्गको हेवाखोला पक्कि पुल, फिदिम फालोट सडक खण्ड फेमेखोला पक्कि पुल, सिवालय लुङरुपा गोरुवाले सडकको फेमेखोला त्रिबेनी पक्कि पुल, मध्य पहाडि लोकमार्ग अन्तर्गत ओयाम ठाडो खोलामा पक्कि पुल, मध्य पहाडी लोकमार्ग अन्तर्गत ओयाम फलैंचा फलाम खोला पक्की पुल, फिदिम फालोट सडक–मुवाखोला लुदिनटार पक्किपुल र दर्जनौ संख्यामा झोलुङ्गे पुलहरु मर्मत तथा पुनः निर्माण गरिनु पर्ने, सयौं क्षतिग्रस्त शिक्षा स्वास्थ्य संस्थाहरुको भवन मर्मत तथा पुन निर्माण गरिनु पर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, फालेलुङ गाउँपालिका वडा नं. २ देखि ८ को दर्जनौ सिँचाइ कुलोहरु, फिदिम २ देखि १४ नम्बर वडाका कुलो, फाल्गुनन्द गाउँपालिकाको ७ वटै वडाका दर्जनौं कुलोहरु भत्किएको भन्दै माओवादीले सम्पूर्ण सिँचाइ कुलोहरु तत्काल सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन, मर्मत सम्भार र पाइपको व्यवस्था गर्नुपर्ने पनि माग गरेको छ ।

यस्तै, जिल्लामा बाढीपीडित गाउँ वस्तिमा विद्युत् प्राधिकरणका संरचना ध्वस्त भएकोले तत्काल केन्द्रीय प्रसारण लाइनलाई मर्मत तथा निर्माण गरी विद्युत् सेवा सञ्चालन गरिनुपर्ने पनि उनीहरुको माग छ । जिल्लाको फालेलुङ गाउँपालिका ५ मा रहेको मुवाखोला लघु जलविद्युत आयोजना, वडा नं ६ रिगेवा लघु जलविद्युत आयोजना, मुवाखोला लुकुन्डे लघु जलविद्युत आयोजनाको पुनः निर्माण गर्नुपर्ने देखिएको गजुरेलले बाताए ।

फिदिम बृहत खानेपानी योजना तत्काल मर्मत गराउनु पर्ने, बाढी पहिरोका कारण फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकाहरमा अरवौको खाद्यान्न तथा नगदेवाली (अलैची, अदुवा, अम्लीसो, धान, कोदो)का साथै सयौंको संख्यामा पशु चौपायहरुमा क्षति भएको माओवादी पाँचथरका इन्चार्ज सीता थेबेले जानकारी दिइन् । क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिसहित विशेष किसान राहत कार्यक्रम लागू गर्न उनले माग गरिन् ।

माओवादीले २०८० असार २ गते बगाएका पक्किपुलहरु पनि हालसम्म पुनः निर्माण नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । जसमा हेवाखोला घुमाउनेटार पक्किपुल, हेवाखोला सासुटार पक्किपुल, हेवाखोला पचिसे फिदिम नपा १०– हिलिहाङ–७ बेलिब्रिज र हेवाखोला तमोर कोरिडोरको बेलिब्रिज पुनः निर्माण गर्नुपर्ने माओवादी पाँचथरका संयोजक विशाल रसाइले जानकारी दिए ।

माओवादीले मुख्यमन्त्री कार्कीका साथै भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलगायतसँग संयुक्त छलफल गरेको हो । छलफल सकारात्मक भएको र पुनःनिर्माणमा ध्यान दिने प्रतिबद्धता जाहेर भएको माओवादी नेता अछामीले जानकारी दिए ।

Tags: कोसी प्रदेशध्यानाकर्षणमाओवादीमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

उदयपुर : उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा...

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1334 shares
    Share 534 Tweet 334
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.