इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन हुदै आएको एक उद्योगमा घेराउ गरी नारावाजी गर्दा स्थानिय र प्रहरीबिच सामान्य झडप भएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोर भित्र सञ्चालनमा रहेको खनार स्थीत अरिहन्त अटो कोर्गेसन उद्योगको प्रदुषणले स्थानीयमा नकारात्मक असर पुर्याएको भन्दै स्थानीयले घेराउ गरी नारावाजी गर्ने क्रममा प्रहरी संग सामान्य झडप भएको हो ।
सो उद्योगबाट निस्किएको प्रदुषणका कारण वर्षौदेखि पिडित बन्नुपरेको र सम्बन्धित सबै निकायहरूमा गुहार माग्दा पनि कतैबाट सहयोग नपाएपछि उद्योगबिरूद्ध खनारस्थित ग्रामथान टोलका स्थानीयहरू आन्दोलित बन्दै आएका छन ।
उद्योगबाट निस्किएको रसायनयुक्त हानीकारक फोहर पानी र गन्धका कारण आफुहरू बिरामी पर्नुका साथै चौपायालाइ समेत नराम्रो असर पर्न थालेको इटहरी १३ खनारस्थित ग्रामथानका रामनाथ चौधरीले बताए ।
यस विषयमा वडाध्यक्ष शिवनारायण चौधरी भने उद्योगको प्रदुषणले दैनिक हैरानी खेप्नु परेको बताए । उद्योग प्रसाशनलाइ पटक पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गरेपनि अटेर गरेका कारण अहिले यो समस्या आएको वडाध्यक्ष चौधरीले बताए छन्।
















Discussion about this post