धरान : अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको छ ।
आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, युके फुटबल क्लब भारत, मछिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।














Discussion about this post