Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २२, २०८१
in विविध, समाचार
0
अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता
88
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकामा अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ ।

अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रूपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र महानगरपालिकाबीच सोमबार सम्झौता पत्र आदानप्रदान भएको हो ।

सेवा केन्द्रमा आयोजित सम्झौता पत्र आदानप्रदान मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा केन्द्रमा कार्यरत जनशक्तिलाई तालिम दिने, अटिजम भएका बालबालिकाको प्रोपाइल तयार गर्ने, फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदानलगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिए ।

सेवा केन्द्रको भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराउनेछ । उक्त जग्गामा भवन निर्माण गर्न करुणा फाउण्डेसनले सहजीकरण गर्नेछ ।

मेयर कोइरालाले अटिजम सेवा केन्द्रका अनुगमन गर्नुका साथै कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

उनले अटिजम सेवा केन्द्र आफ्नो ड्रिम प्रोजेक्ट भएकाले यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा गत कात्तिकदेखि महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सेवा केन्द्रकी संयोजक रश्मी निरौलाका अनुसार केन्द्र बिहान १० देखि २ बजेसम्म सञ्चालन भइरहेको छ । हाल केन्द्रमा ३ बालिकासहित २० जनाले सेवा लिइरहेका छन् ।

महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।

केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ ।

केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने यादवले जानकारी दिए । हाल फिजियोथेरापी, स्पीच थेरापी, फिजिसियन सेवा, खाजा, गाडीलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइरहेको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिए ।

सेवा केन्द्रमा भर्ना गर्न आउनेको अभिभावकहरूको चाप अत्यधिक भए पनि सीमित भौतिक संरचनाका कारण हाललाई थप भर्ना गर्न नसकिएको पराजुलीले बताए ।

Tags: #विराटनगरअजिटमविराटनगर महानगरपालिकासम्झौता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार
समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

by माधव पोख्रेल
अशोज १०, २०८३
0

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र...

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३
क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.