विराटनगर : कोशी प्रदेशमा आजदेखि सुरू भएको एचपीभी खोप अभियानमा लक्षित वर्गका बालिकाहरू कोही पनि नछुट्ने गरी काम गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गरेका छन् ।
पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरूद्धको खोप अभियान २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले एक जना किशोरी छुटे मात्रै पनि यसले समाजमा नकारात्मक असर गर्ने भन्दै विशेष ध्यान दिन आग्रह गरे ।
आज कोशी प्रदेशस्तरीय एचपीभी खोप अभियानको सुनसरीको बर्जु गाउँपालिकामा रहेको रामसीता माध्यमिक विद्यालयमा उद्घाटन गर्दै उनले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको बताए ।
प्रदेशवासीको स्वास्थ्य नै पहिलो दायित्व रहेकोमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै उनले सबै खाले खोपहरूलाई नियमित बनाउनेसमेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोप अभियानमा लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिए ।
अभियान अन्तरगत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरू ५० हजार पाँच सय ९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइने छ ।
एचपीभीविरूद्धको खोप अभियान कोशी प्रदेशमा आजदेखि फागुन ७ गते सम्म सञ्चालन हुँदैछ ।












Discussion about this post