Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८२
in टाकुरा विशेष, समाचार
0
धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य
798
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक योजना धरान क्षेत्रमा अनिश्चित बनेको छ।

विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो उक्त योजनाको धरान खण्ड अझै ठेक्काको प्रक्रियामा प्रवेश गर्न त परको कुरा, कुनै छलफलसमेत भएको छैन।

समन्वयको अभाव, स्थानीय सरकारको उदासीनता र योजना कार्यालयको ढिलासुस्तीका कारण धरानले ६ लेन सडक गुमाउने निश्चितजस्तै देखिएको छ।

धरान खण्डमा सडक आयोजनाले न स्थानीय सरकारसँग समन्वय गरेको छ, न ठेक्काको प्रक्रिया अगाडि बढाएको छ। आयोजनाले मेयर हर्क साम्पाङले चासो नदिएको भन्दै पन्छिएको छ। मेयर साम्पाङले पनि यसबारे कुनै ठोस निर्णय गर्न सकेका छैनन्।

धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सडक विभागसँग यहाँ निर्माण हुने सडकको स्पष्ट डिजाइन, चौडाइ र छलफलबारे नै भएको छैन। ६ लेन सडक निर्माणका लागि यहाँका जनतासँग सल्लाह गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

योजना २०६९ सालमै सुरु, अझै अधुरो

यो आयोजना पहिलोपटक आर्थिक वर्ष २०६९/७० मा सुरु भएको हो। कुल लागत करिब १० अर्ब १७ करोड रुपैयाँ अनुमान गरिएको छ।

हालसम्म ४९ किलोमिटरमध्ये ४४.२७५ किलोमिटरमा ठेक्का लागिसकेको छ। कतिपय क्षेत्रमा निर्माण सकिएको भए पनि धरानको अन्तिम ५ किलोमिटर खण्ड अझै अनिश्चित छ।

सडक आयोजना कार्यालय इटहरीका इञ्जिनियर शम्भुकुमार मोचीका अनुसार हाल दुहबीमा १,३५० मिटर, इटहरीमा ४०० मिटर र तरहरादेखि सेउतीसम्म केही भागमा काम भइरहेको छ।

केही ठाउँमा अदालतको विवाद, कतै निर्माणाधीन पुल (सेउती र बूढीखोला) कारण केही ढिलाइ भए पनि अधिकांश भाग यो वर्षभित्र सकिने उनको दाबी छ।

इञ्जिनियर मोचीका अनुसार धरानमा करिब एक हजार पाँच सय घरहरू सडक सीमाभित्र पर्छन्। ती घरहरू नहटेसम्म साइड क्लियर हुने सम्भावना छैन। तर, चिनो लगाउने काम भए पनि मुआब्जा वितरण नहुने भएकाले सडक निर्माण समस्या झन जटिल भएको छ।

धरानको मुख्य बजार, बस्ती र अस्पताल छेउ भएर जाने यो ६ लेन मार्गले पूर्वको विकासमा नयाँ गतिको अपेक्षा गरिएको थियो। तर, प्रारम्भिक चरणमै स्थानीय सरकार र आयोजना कार्यालयबीच सहकार्य नहुँदा यो योजना धरानका लागि छुट्ने सम्भावना देखिएको छ।

सडक विभागको ढिलाइ, स्थानीय तहको चासोको अभाव र जनप्रतिनिधिको पहलकदमी नहुँदा धरान पूर्वको समृद्धि यात्राबाट पछाडि पर्ने चिन्ता बढ्दै गएको छ।

धरानमा स्थानीय सरकारलेसमेत सडक निर्माणमा अनिच्छा देखाएको, सडक विभागको समन्वयहीनताले दीर्घकालीन क्षति हुनसक्ने जानकारहरू बताउँछन् ।

धरानमा करिब डेढ वर्षअघि नै स्थानीय सरकारसहित सरोकारवाला निकायसँग बैठक बसेपनि काम गर्न नसकिएको योजना कार्यालयको भनाइ छ ।

‘हाम्रो तथ्यांकअनुसार धरानमा एक हजार पाँच सय घर भत्किन्छ । ती घरहरू नभत्किएसम्म धरानमा साइड क्लियरेन्स नहुँदा काम गर्न सकिदैँन । यसका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ,’ इञ्जिनियर मोचीले भने ।

एकपटक घरहरूमा चिनो लगाउने काम पनि भएको तर मुआब्जा दिएको हो वा होइन भन्ने तथ्यांक नभएकाले पनि समस्या भएको उनको भनाइ छ ।

पूर्वकै मुख्य सहरका रूपमा रहेको धरानमा भने यो योजना कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार उदासीन हुनु र सडक योजना कार्यालयले समन्वय गर्न नसक्दा योजना नै गुमाउने निश्चितजस्तै बनेको छ ।

धरानको जिरो प्वाइन्टसम्म सडक निर्माण हुनेगरी आयोजना सुरु गरिएको भएपनि ठेक्का लगाउने कुनै तयारी नहुँदा धरानले उक्त योजना गुमाउने निश्चितजस्तै बनेको हो ।

Tags: #६ लेन सडक#धरान#धरान उपमहानगरपालिका#सडकटाकुरा विशेषहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.