Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८२
in टाकुरा विशेष, समाचार
0
धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य
798
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक योजना धरान क्षेत्रमा अनिश्चित बनेको छ।

विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो उक्त योजनाको धरान खण्ड अझै ठेक्काको प्रक्रियामा प्रवेश गर्न त परको कुरा, कुनै छलफलसमेत भएको छैन।

समन्वयको अभाव, स्थानीय सरकारको उदासीनता र योजना कार्यालयको ढिलासुस्तीका कारण धरानले ६ लेन सडक गुमाउने निश्चितजस्तै देखिएको छ।

धरान खण्डमा सडक आयोजनाले न स्थानीय सरकारसँग समन्वय गरेको छ, न ठेक्काको प्रक्रिया अगाडि बढाएको छ। आयोजनाले मेयर हर्क साम्पाङले चासो नदिएको भन्दै पन्छिएको छ। मेयर साम्पाङले पनि यसबारे कुनै ठोस निर्णय गर्न सकेका छैनन्।

धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सडक विभागसँग यहाँ निर्माण हुने सडकको स्पष्ट डिजाइन, चौडाइ र छलफलबारे नै भएको छैन। ६ लेन सडक निर्माणका लागि यहाँका जनतासँग सल्लाह गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

योजना २०६९ सालमै सुरु, अझै अधुरो

यो आयोजना पहिलोपटक आर्थिक वर्ष २०६९/७० मा सुरु भएको हो। कुल लागत करिब १० अर्ब १७ करोड रुपैयाँ अनुमान गरिएको छ।

हालसम्म ४९ किलोमिटरमध्ये ४४.२७५ किलोमिटरमा ठेक्का लागिसकेको छ। कतिपय क्षेत्रमा निर्माण सकिएको भए पनि धरानको अन्तिम ५ किलोमिटर खण्ड अझै अनिश्चित छ।

सडक आयोजना कार्यालय इटहरीका इञ्जिनियर शम्भुकुमार मोचीका अनुसार हाल दुहबीमा १,३५० मिटर, इटहरीमा ४०० मिटर र तरहरादेखि सेउतीसम्म केही भागमा काम भइरहेको छ।

केही ठाउँमा अदालतको विवाद, कतै निर्माणाधीन पुल (सेउती र बूढीखोला) कारण केही ढिलाइ भए पनि अधिकांश भाग यो वर्षभित्र सकिने उनको दाबी छ।

इञ्जिनियर मोचीका अनुसार धरानमा करिब एक हजार पाँच सय घरहरू सडक सीमाभित्र पर्छन्। ती घरहरू नहटेसम्म साइड क्लियर हुने सम्भावना छैन। तर, चिनो लगाउने काम भए पनि मुआब्जा वितरण नहुने भएकाले सडक निर्माण समस्या झन जटिल भएको छ।

धरानको मुख्य बजार, बस्ती र अस्पताल छेउ भएर जाने यो ६ लेन मार्गले पूर्वको विकासमा नयाँ गतिको अपेक्षा गरिएको थियो। तर, प्रारम्भिक चरणमै स्थानीय सरकार र आयोजना कार्यालयबीच सहकार्य नहुँदा यो योजना धरानका लागि छुट्ने सम्भावना देखिएको छ।

सडक विभागको ढिलाइ, स्थानीय तहको चासोको अभाव र जनप्रतिनिधिको पहलकदमी नहुँदा धरान पूर्वको समृद्धि यात्राबाट पछाडि पर्ने चिन्ता बढ्दै गएको छ।

धरानमा स्थानीय सरकारलेसमेत सडक निर्माणमा अनिच्छा देखाएको, सडक विभागको समन्वयहीनताले दीर्घकालीन क्षति हुनसक्ने जानकारहरू बताउँछन् ।

धरानमा करिब डेढ वर्षअघि नै स्थानीय सरकारसहित सरोकारवाला निकायसँग बैठक बसेपनि काम गर्न नसकिएको योजना कार्यालयको भनाइ छ ।

‘हाम्रो तथ्यांकअनुसार धरानमा एक हजार पाँच सय घर भत्किन्छ । ती घरहरू नभत्किएसम्म धरानमा साइड क्लियरेन्स नहुँदा काम गर्न सकिदैँन । यसका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ,’ इञ्जिनियर मोचीले भने ।

एकपटक घरहरूमा चिनो लगाउने काम पनि भएको तर मुआब्जा दिएको हो वा होइन भन्ने तथ्यांक नभएकाले पनि समस्या भएको उनको भनाइ छ ।

पूर्वकै मुख्य सहरका रूपमा रहेको धरानमा भने यो योजना कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार उदासीन हुनु र सडक योजना कार्यालयले समन्वय गर्न नसक्दा योजना नै गुमाउने निश्चितजस्तै बनेको छ ।

धरानको जिरो प्वाइन्टसम्म सडक निर्माण हुनेगरी आयोजना सुरु गरिएको भएपनि ठेक्का लगाउने कुनै तयारी नहुँदा धरानले उक्त योजना गुमाउने निश्चितजस्तै बनेको हो ।

Tags: #६ लेन सडक#धरान#धरान उपमहानगरपालिका#सडकटाकुरा विशेषहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    824 shares
    Share 330 Tweet 206
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.