Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरमा एकै परिवारका चार जनाको हत्या प्रकरण : मृतक सबैको शव सदरमुकाम ल्याइयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २२, २०८२
in समाचार
0
भोजपुरमा एकै परिवारका चार जनाको हत्या प्रकरण : मृतक सबैको शव सदरमुकाम ल्याइयो

घटना भएको घर।

95
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा गएति एकै परिवारका चार जनाको सामूहिक हत्या प्रकरणमा मृतक सबैजनाको शव भोजपुर सदरमुकाम ल्याइएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी मृतकहरूको शव परीक्षण गर्न सदरमुकाम ल्याइएको हो।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले १५ वर्षीया मनिषा गिरी, ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी र ९ वर्षीय सपन गिरीको शनिबार राति हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार हत्या गरिसकेपछि राजेन्द्रले नै प्रहरीलाई खबर गरेका थिए। ‘मैलै मान्छे मारेको छु, समाउन आउनू’ भनेर राजेन्द्रले प्रहरीलाई फोन गरेको श्रेष्ठले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ नजिकमा रहेको अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न राईलाई रामप्रसादराई गाउँपालिका १ हर्वु भञ्ज्याङस्थितबाट पक्राउ गरेको हो ।

उनको पेटमा धारिलो हतियारको गहिरो चोट देखिएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

राजेन्द्र र मनिषाबीच करिब सात महिनाअघि प्रेम विवाह भएको थियो।

तर, पछिल्लो समय उनीहरूबीच सम्बन्ध बिग्रिएपछि मनिषा माइतीघरमै बस्दै आएकी थिइन्। पछिल्लोपटक राजेन्द्र श्रीमतीलाई लिन ससुराली गएको तर परिवारले असन्तुष्ट जनाएपछि परिवारका सबै जनालाई पालैपालो हत्या गरेका थिए।

घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी चार वटै शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएर घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि – अपराधको पराकाष्ठा : भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या, ज्वाँइले ‘आक्रोश’मा आएर अपराध गरेको स्वीकारे

Tags: #भोजपुर#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1004 shares
    Share 402 Tweet 251
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.