इटहरी : केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सरकारी अस्पतालका कर्मचारीहरूमाथि स्वास्थ्य बीमाको नाममा रकम कटौती गरिएको भन्ने भ्रामक सूचना सार्वजनिक भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारद्धारा जारी विज्ञप्तिअनुसार सूचनालाई भ्रामक, तथ्यहीन र भ्रम फैलाउने उद्देश्यले गरिएको प्रचार भन्दै खण्डन गरिएको हो ।
प्रतिष्ठानले सरकारी सेवा तथा सेवा सुविधाभोगी कर्मचारी, अवकाशप्राप्त कर्मचारी र निजामतीतर्फ समायोजन भएका कर्मचारीहरूका लागि स्टाफ वेलफेयर स्किम अन्तर्गत स्वास्थ्य बीमा योजना लागू गरिएको हो।
योजनाअनुसार बीमाका लागि आवश्यक खर्च सम्बन्धित अस्पताल वा कार्यालयबाट नै व्यहोर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा योजनाका लागि आवश्यक प्रक्रिया स्वीकृत नीतिगत निर्णयअनुसार कानुनी ढाँचाभित्र रहेर अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।














Discussion about this post