Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

प्राधिकरणलाई २ करोडभन्दा बढीको क्षति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८२
in समाचार
0
कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका तीन जिल्लामा ट्रान्सफर्मर चोरीको घटना दिनप्रतिदिन बढ्दै गएको छ। सुनसरी, मोरङ र झापामा मात्रै पछिल्लो एक वर्षमा २२ वटा ट्रान्सफर्मर चोरी भएका छन्।

नेपाल विद्युत् प्राधिकरण र प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी चोरी सुनसरीमा भएको छ। सुनसरीमा १२ वटा, मोरङमा ८ वटा र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएका छन्।

सुनसरीमा साउन ६ गते बराहक्षेत्र–४ जमटोकीमा र साउन ९ गते देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजीथानमा ट्रान्सफर्मर चोरी भएको छ। त्यसअघि जेठ महिनामा ३ वटा, असार २ गते २ वटा र चैत २४ गते १ ट्रान्सफर्मर चोरी भएको थियो।

उता, मोरङमा जेठ २१, २२ र २३ गते क्रमशः ग्रामथान–६ झप्टा, रङ्गेली–७ हराङकालिका र रङ्गेली–१ जिरायत टोलमा ३ ट्रान्सफर्मर चोरी भएका थिए। झापामा चोरी भएका २ ट्रान्सफर्मर भने बस्ती नभएका सिँचाइ योजनाका लाइनहरूमा जडान गरिएको क्षेत्रबाट हराएका थिए।

नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रमुख राजीव सिंहका अनुसार ग्रामीण क्षेत्रमा जडान गरिएका ट्रान्सफर्मर लक्षित गरी चोरीका घटना बढिरहेका छन्।

उनले भने, “लगातार चोरी भइरहेपछि प्रदेश प्रहरी कार्यालय विराटनगरमा उजुरी दिएका छौँ।”

प्राविधिक तरिकाबाट चोरी, तामाको लोभ मुख्य कारण

प्राधिकरणका अनुसार चोरहरूले ११ हजार भोल्टको लाइन सर्ट गरेर काट्ने र ट्रान्सफर्मर भित्रको तामाको क्वाइल निकाल्ने उद्देश्यले चोरी गर्ने गरेका छन्। चोरी भएका ट्रान्सफर्मर अधिकांश ५० केभी र १०० केभी क्षमताका थिए।

५० केभीको ट्रान्सफर्मरको मूल्य ५–६ लाख र १०० केभीको मूल्य ११–१२ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ। यसरी २२ वटा ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणलाई करिब २ करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

चोरीको घटनामा संलग्न समूह पहिचान गरी चोरी नियन्त्रण गर्नुका साथै ट्रान्सफर्मरको सुरक्षा प्रणालीमा सुधार आवश्यक देखिएको जानकारहरू बताउँछन्।

Tags: #चोरी#विद्युत् प्राधिकरणकोसी प्रदेशट्रान्सफर्मर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.