Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशी टप्पुमा विश्व हात्ती दिवस मनाइयो (७ तस्बिरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८२
in टाकुरा विशेष, पर्यावरण, फाेटाे फिचर, समाचार
0
कोशी टप्पुमा विश्व हात्ती दिवस मनाइयो (७ तस्बिरसहित)
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी टप्पु वन्यजन्तु आरक्षमा मंगलबार विश्व हात्ती दिवस मनाइएको छ। आरक्षको हात्तीसारमा खीर, फलफूल र उखुजस्ता परिकार खुवाइँदै स्थानीय र पर्यटकलाई हात्ती संरक्षणको सन्देश दिइएको हो।

सन् २०१२ देखि हरेक वर्ष अगस्ट १२ मा मनाइने यो दिवसको उद्देश्य हात्तीको अस्तित्व, महत्व र संरक्षणमा ध्यान केन्द्रित गर्नु हो।

कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र र कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको आयोजनामा सम्पन्न भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख वीरेन्द्र गौतमका अनुसार हात्तीको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वबारे सचेतना बढाउन दिवस मनाइएको हो।

उनका अनुसार आरक्षमा रहेका हात्ती अवलोकनका लागि कोशी र मधेश प्रदेशका साथै भारतबाट पनि पर्यटक आउने गरेका छन्।

आरक्षका रेञ्जर अंकित पौडेलले हाल आरक्षमा १० हात्ती रहेको जानकारी दिए।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले स्थानीयमा हात्ती संरक्षणबारे चेतना बढेपनि खेतबाली तथा सम्पत्तिमा हुने क्षति न्यूनिकरणका लागि अझै एकजुट प्रयास आवश्यक रहेको बताए।

सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३४५ जनाको मृत्यु भएको छ भने करेन्ट तथा अन्य कारणले ५५ हात्ती मरेका छन्। पछिल्लो १२ वर्षमा कोशी क्षेत्रमा मात्रै ११ हात्ती मृत भेटिएका छन्।

गौतमका अनुसार पछिल्ला वर्षमा धेरै हात्तीको मृत्यु करेन्टका कारण भएको छ। उनले हात्तीको व्यवहारबारे सचेतना अभावका कारण मानव–हात्ती द्वन्द्व बढेको बताए।

अभियन्ताहरूले हात्ती संरक्षणलाई जैविक विविधता, सांस्कृतिक सम्पदा र पर्यावरणीय सन्तुलनका लागि अपरिहार्य मानेका छन्।

सबै तस्बिरहरू : वीरेन्द्र गौतम । राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी ।

Tags: #कोशीटप्पु#हात्तीकोसी टप्पुटाकुरा विशेषफोटो फिचरमावन–हात्ती द्वन्द्ववीरेन्द्र गौतमहात्ती दिवसहात्तीसार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको छ। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्।...

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    515 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.