इटहरी : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आक्रोशित जेन–जी पुस्ताले आइतबार इटहरी उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
बिहाननैदेखि सुरु भएको प्रदर्शन दिउँसो प्रहरीसँग झडपमा परिणत भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेको थियो । झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
विभिन्न विद्यालय र कलेजका विद्यार्थी हातमा प्लेकार्डसहित नाराबाजी गर्दै नगर परिक्रमा गरेपछि उनीहरू उपमहानगर कार्यालय अगाडि पुगेका थिए ।
उपमहानगर कार्यालयअघि अहिले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएपनि जेन–जी पुस्ताले उपमहानगर परिसरभित्रै पसेर घेरेका छन् ।














Discussion about this post