इटहरी : धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट हालसम्म पारित गर्न सकेको छैन।
असार मसान्तभित्र पारित हुनुपर्ने बजेट समयमै ल्याउन नसक्दा नगरभित्र विकास निर्माणलगायतका काम ठप्प भएका छन्।
धरानको कार्यपालिका बैठकले भदौ २१ गते कुल रु २ अर्ब २० करोड ७४ लाख ५९ हजार को बजेटको ‘सिलिङ’ पारित गरेको थियो। यद्यपि, मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको द्वन्द्व, दलहरूको असहमति र समन्वयको अभावले नगरसभा गर्न ढिलो भएको बताइएको छ।
यसैबीच, धरान उपमहानगरपालिकाले नगरसभा आगामी असोज ४ गतेका लागि तय गरेको छ। सो नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरी बजेट अनुमोदन गर्ने योजना रहेको कार्यपालिकाले जनाएको छ।
यता, सहरमा जनजीविकासम्बन्धी काम प्रभावित हुँदा जनस्तरमा आलोचना बढ्दो छ।
पछिल्लो समय जेनजी आन्दोलनपछि काठमाडौँ पुगेर आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने माग राखेका मेयर साम्पाङ आफैं आफ्नो सहरको बजेटसमेत ल्याउन नसकेको भन्दै आलोचित छन्।
यसैबीच बिहीवार बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारलाई राहतस्वरूप ५ लाख दिने निर्णयसमेत गरेको छ।












Discussion about this post