इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३ सय ४० किलोग्राम गाँजा बरामद भएको छ। लागूऔषधसहितको कारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको टोलीले सडक किनारमा छाडिएको अवस्थामा भारतीय नम्बर प्लेट बी आर ११ बीआर ७१०२ नम्बरको कार भेटिएको थियो। चेकजाँच गर्दा प्लास्टिकमा प्याक गरी राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा बरामदसँगै ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।












Discussion about this post