सुनसरी : सुनसरीको कोशी गाउँपालिका–७, केराबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक छेउमा बेवारिसे अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजाको तौल ६३७ किलो ४५ ग्राम भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइ थप अनुसन्धान भइरहेको छ।












Discussion about this post