Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

उसवेलाको दशैँ

कृष्ण अधिकारी by कृष्ण अधिकारी
अशोज १४, २०८२
in टाकुरा विशेष, विचार
0
उसवेलाको दशैँ
96
SHARES
Share on FacebookShare on Twitter

दशैँ भन्दा सबैभन्दा पहिले बुझिने कुरा भनेको मन लागेजस्तो खानु हो, तर दशैँलाई त्यतिमात्र बुझ्नु गलत हुन्छ ।

वर्तमान समयमा सहरिया वा सम्पन्न जीवनको कुरा गर्ने हो भने सधैँ दशैँ, सधैँ राम्रो लुगाकपडा, सधैँ मीठोमसिनो, सधैँ मासु, तरपनि दशैँलाई यतिमात्र देख्नु गलत हुन्छ । दशैँ मान्छेको श्रमसँग जोडिएको छ, कुलपितृसँग जोडिएको छ ।

दशैँ शक्तिसँग जोडिएको छ र दशैँ मान्यता र पारिवारिक सम्बन्धसँग जोडिएको छ ।

बिरामी हुने फूर्सद पनि पाउँदैन थिए मान्छेहरू बर्खाका दिनमा । माथिबाट पैह्रो खसेर मरिन्छ कि घर नै बगाएर लान्छ कि भन्ने त्रास हुन्थ्यो, वर्षादमा । खोलानाला बढेर आउजाउ बन्द हुन्थ्यो । नदीपारी दिएकी छोरी मरी कि, जिउँदै छ ? खबर आदानप्रदान हुँदैन थियो । चिठ्ठीपत्र आउँदैन थियो । जब भदौको भेल पछि मनसुनले बिदा लिन्थ्यो, आकाश उघ्रिदैँ जान्थ्यो, हिलो सुक्तै जान्थ्यो, नदीनाला घट्तै जान्थे, वारीपारीको खबर थाहा हुन थाल्थ्यो, हिमालहरू बिहानै बिहानै सुनका दाँत देखाएर हास्न थाल्थ्यो अनि मान्छेहरूको मनमा अब बाँचियो भन्ने अनुभूति जाग्थ्यो । त्यसैबैला दशैँ आउँथ्यो ।

साधन, प्रविधि र मनोरञ्जनका हिसाबले आज दशैँको बाहिरीस्वरूप फेरिएको छ । मनाउने शैली र तरिका फेरिएको छ तर दशैँको मूलस्वरूप उस्तै छ । कसैले दशैँलाई बोझको रूपमा व्याख्या गर्छन् तर मनाउँछन् । हुने खानेले दशैँलाई धेरै खर्चिलो बनाउँछन् ।

उनीहरूका लागि सहज हुन्छ । तर उनीहरूले बनाएको भड्किलो दशैँ सामान्य आय भएका मान्छेका लागि बोझिलो हुने गर्छ । यसैलाई आधार बनाएर हाम्रो मौलिक पर्व दशैँप्रति वितृष्णा जगाउन चाहनेहरू प्रहार गर्छन् ।

हाम्रो समाजका अपरिपक्व मस्तिष्कहरू त्यसैको पछि होहोरेमा दगुरेको पनि देखिन्छ । त्यसैकारण दशैँको महत्व र आवश्यकताको चित्रस्वरूप ५५/६० वर्ष पहिलेको दशैँ प्रस्तुत गर्दछु ।

महत्व र आवश्यकता

मान्छेको जीविका कठिन थियो । आयको बाटो भनेको बाख्रा, पाठा, सुँगुर, कुखुरा हो । शहर पु¥याउन सके कागती सुन्तला हो । भेडाको ऊन र राडीपाखी हो । लेकको जीवन झन् चुनौतीले डामेको हुने । यहाँ तराईमा ३ महिनामा मकै पाक्छ । तर लेकमा मकै पाक्न १०/१२ महिना लाग्छ । प्रकृतिको त्यो नियम हिजो पनि त्यही थियो र आज पनि त्यही छ ।

अन्न उब्जाउन धेरै दुःख गर्नुपथ्र्यो । र पनि वर्षभरी खानलाई धौधौ पर्ने, हिउँदका २/३ महिना फूर्सद हुन्थ्यो । त्यसमा पनि नुन बोक्न शहर जानुपर्ने, वर्षादका लागि दाउरा काट्नुपर्ने, अनि खोरिया फाँडेर मकै छर्न तयार पार्नु पर्ने । बाँकीका ८/९ महिना मकै उब्जाउन, धान उब्जाउन, कोदो र जुनेलो उब्जाउन र थन्क्याउन लाग्नुपर्ने । धमाधमले गर्दा दुख्न पनि पाइएन भन्थे मान्छेहरू ।

आजको सहरिया र सम्पन्न समाजले दशैँको महत्व बुझ्दैन । किनभने, उ सधैँ मीठो खान्छ, सधैँ राम्रो लगाउँछ र सधैँ मनोरञ्जन गर्छ । सधैँ माइत, मावल जान सक्छ र उसलाई सधैं प्राप्ति छ । दशैँको महत्व त्यसलाई हो, जसले अनिकाल भोगेको छ, जो भोको पेट रात काटेको छ । जो भरखरै कालको मुखबाट फिरेको छ र जो मनोरञ्जनबाट वञ्चित छ, त्यस्ता मान्छेका लागि हो दशैँ । त्यो समय त्यही दुरावस्था थियो र दशैँको महत्व थियो ।

अर्थात्, बिरामी हुने फूर्सद पनि पाउँदैन थिए मान्छेहरू बर्खाका दिनमा । माथिबाट पैह्रो खसेर मरिन्छ कि घर नै बगाएर लान्छ कि भन्ने त्रास हुन्थ्यो, वर्षादमा । खोलानाला बढेर आउजाउ बन्द हुन्थ्यो । नदीपारी दिएकी छोरी मरी कि, जिउँदै छ ? खबर आदानप्रदान हुँदैन थियो । चिठ्ठीपत्र आउँदैन थियो । जब भदौको भेल पछि मनसुनले बिदा लिन्थ्यो, आकाश उघ्रिदैँ जान्थ्यो, हिलो सुक्तै जान्थ्यो, नदीनाला घट्तै जान्थे, वारीपारीको खबर थाहा हुन थाल्थ्यो, हिमालहरू बिहानै बिहानै सुनका दाँत देखाएर हास्न थाल्थ्यो अनि मान्छेहरूको मनमा अब बाँचियो भन्ने अनुभूति जाग्थ्यो । त्यसैबैला दशैँ आउँथ्यो ।

दशैँ खसी हो, दशैँ नयाँ कपडा हो, टाढाटाढाबाट कमेरो र रातो माटो बोकेर घर पोत्नु हो । घरमात्र हैन परपरसम्म बाटो खनेर सफा बनाउनु पनि दशैँ हो, फलामका ज्यावल र हतियार आरमा सान लगाएर ल्याउनु दशैँ हो, तिनलाई दुर्गाका हतियार मानेर पूजा गर्नु दशैँ हो । चिउरा कुट्नु र केरा पकाउनु दशैँ हो ।

दशैँ के हो भनेर कसैले सोध्यो भने म अझै धेरै बताउन सक्छु । दशैँ शक्तिको उपासना हो, राक्षसरूपि मनोदशाको बध हो । मौलोमा मार हान्नु, बडाहरूको आशीर्वाद लिनु, पिङ् खेल्नु र मालसिरी धुन सुन्दै माइत, मावल जानु दशैँ हो ।

टार्ने पु¥याउनेका लागि दशैँ रमइलो भन्दा बोझ बढी हुनसक्छ । दशैँ त केटाकेटीको लागि हो । केटाकेटीको दशैँ चैत्र महिनाबाटै सुरु हुन्थ्यो । अभिभावकले दशैँका लागि तोकेको खसी हेर्थे र मनमनै खुसी हुन्थे । दशैँको खसी बलियो हुनुपर्छ भन्ने मान्यता हुन्थ्यो र परिवारका सबै त्यो खसीको हेरचाह गर्थे । बोटैको केराको घरी यो चाहिँ दशैँका लागि भनेर छुट्याइन्थ्यो, त्यसमा अर्को कौतुहलता जोडिन्थ्यो ।

आजको सहरिया र सम्पन्न समाजले दशैँको महत्व बुझ्दैन । किनभने, उ सधैँ मीठो खान्छ, सधैँ राम्रो लगाउँछ र सधैँ मनोरञ्जन गर्छ । सधैँ माइत, मावल जान सक्छ र उसलाई सधैं प्राप्ति छ । दशैँको महत्व त्यसलाई हो, जसले अनिकाल भोगेको छ, जो भोको पेट रात काटेको छ । जो भरखरै कालको मुखबाट फिरेको छ र जो मनोरञ्जनबाट वञ्चित छ, त्यस्ता मान्छेका लागि हो दशैँ । त्यो समय त्यही दुरावस्था थियो र दशैँको महत्व थियो ।

केटाकेटीका लागि दशैँका रमाइला आयामहरू

टार्ने पु¥याउनेका लागि दशैँ रमइलो भन्दा बोझ बढी हुनसक्छ । दशैँ त केटाकेटीको लागि हो । केटाकेटीको दशैँ चैत्र महिनाबाटै सुरु हुन्थ्यो । अभिभावकले दशैँका लागि तोकेको खसी हेर्थे र मनमनै खुसी हुन्थे । दशैँको खसी बलियो हुनुपर्छ भन्ने मान्यता हुन्थ्यो र परिवारका सबै त्यो खसीको हेरचाह गर्थे । बोटैको केराको घरी यो चाहिँ दशैँका लागि भनेर छुट्याइन्थ्यो, त्यसमा अर्को कौतुहलता जोडिन्थ्यो ।

सरसफाई र घर पोत्ने कुराले दशैँ अझ नजिक आएको अनुभूति दिलाउथ्यो, त्यसले अझ उत्साह थपिदिन्थ्यो । नयाँ कपडा किनेर सिलाउन दिनु, सिलाई सकियो कि सकिएन भनेर दिनैपिच्छे दर्जीको घरमा धाउनु, दुर्गा स्थापना गरेर जमरा राख्नु र नौ दिनसम्म चण्डी पाठ गर्नु, दगुर्दै गएर शिवालयमा फूलपाती भित्र्याएको हेर्नु छुट्टै रमाइलो हुन्थ्यो । 

बालबालिकालाई बाढी पहिरो वा वर्षादले धेरै प्रभाव पार्दैन । उनीहरू बाढीपहिरो, हावाहुण्डरीलाई पनि रमाइलो, मनोरञ्जनको रूपमा लिन्छन् ।

उनीहरू त्यसको क्षतिको आँकलन गर्न सक्तैनन् र अभिभावक भएकाहरू आँफूलाई पूर्ण सुरक्षित ठान्छन् अनि सबैथोकलाई रमाइलोको रूपमा लिन्छन् । सरसफाई र घर पोत्ने कुराले दशैँ अझ नजिक आएको अनुभूति दिलाउथ्यो, त्यसले अझ उत्साह थपिदिन्थ्यो ।

नयाँ कपडा किनेर सिलाउन दिनु, सिलाई सकियो कि सकिएन भनेर दिनैपिच्छे दर्जीको घरमा धाउनु, दुर्गा स्थापना गरेर जमरा राख्नु र नौ दिनसम्म चण्डी पाठ गर्नु, दगुर्दै गएर शिवालयमा फूलपाती भित्र्याएको हेर्नु छुट्टै रमाइलो हुन्थ्यो ।

मार हान्नु, मौलो पूजा गरेर राँगा ढालेको दृश्यको आँखाले फोटो खिच्ने र मनको हार्डडिस्कमा सेभ गर्ने गरिन्थ्यो । किनभने, फोटो खिच्ने प्रविधि पुगेको थिएन ।

निधारभरी राता टीका (सेता टीका लगाउने समुदाय पनि हुन्थे) र जमरा लगाएर मान्यजनको आशीर्वचन लिनु, मालसिरी धुन गाउँदै पिङ् मच्चाउनु दशैँको अझ विशिष्ट पक्ष हुन्थ्यो ।

दशैँको महिना असोज, कात्तिकको सफा र स्निग्ध मौसम, माइत, मावल जानेको लस्कर अनि भयावह वर्षादबाट बाँचेका आमा छोरीको हार्दिक भेट, हृदयस्पर्शी संवाद । दाजुभाइ, दिदीबहिनी बीचको अन्तर्घुलन, भनेर हैन दृश्यले वयान गथ्र्यो ।

अन्त्यमा,

आज दशैँको आशीर्वादमा धन, मान, स्वास्थ्य र ऐश्वर्य लाई प्राथमिकता दिइन्छ । त्यसबेला सन्तान फैलिउन् भन्ने कुरा प्राथमिकतामा पथ्र्यो । यसको कारण के थियो भने डाक्टर थिएनन् । औषधी उपचार थिएन, जन्मिएका धेरै नवजात शिशुहरूलाई बचाउन सकिदैँन थियो ।

जसका छोरा, उसको धन, जसका भैँसी, उसको वन भन्ने चलन थियो । त्यसैले होला दुर्गा भवानीसँग सन्तानले डाँडाकाडा ढाकुन्, दूवो फैलिएजस्तो फैलिउन्, केरा मौलाएजस्तो मौलाउन भन्ने आशिष मागिन्थ्यो ।

त्यसबेला जीवनको सुरक्षा थिएन, पेटभरी खान पाउने अवस्था थिएन । मनोरञ्जनका कुनै साधन थिएनन् त्यसैले दशैँ मान्छेको बाँच्ने आधार थियो । खानेलाउने मात्र हैन दशैँ कुलपितृ सम्झिने अवसर हो । शक्तिको उपासना गर्ने पर्व हो र नेपालीको मौलिक चाड र मौलिक परम्परा हो, दशैँ ।

त्यसैले समय बद्लियो भन्दै विदेशी संस्कृति अँगाल्नु आफ्नै इतिहासमाथि कुठाराघात गर्नु हो भन्ने कुरा वर्तमान पुस्ताले बुझ्न जरुरी छ । ।

Tags: #दशैँ#विचारकृष्ण अधिकारीटाकुरा विशेष
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

पूर्वमा चिया पर्यटन
FEATURE BREAKING

पूर्वमा चिया पर्यटन

by अर्जुन उप्रेती
भदौ २६, २०८३
0

इटहरी : पूर्वी नेपालका पहाडमा बिहानको कुहिरो बिस्तारै हट्दै जान्छ। हरिया चियाका बोटमा टल्किएका शीतका थोपा घामसँगै चम्किन थाल्छन। चियाका कोमल...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.