Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

वर्सेनि बढ्दैछ प्राकृतिक विपद्, सरकार र जनताले कहिले सिक्छन् पाठ ?

ज्यानभन्दा ठूलो केही होइन भन्ने कुरा मनन गरौं ।

अनुसा थापा by अनुसा थापा
अशोज १९, २०८२
in विचार
0
वर्सेनि बढ्दैछ प्राकृतिक विपद्, सरकार र जनताले कहिले सिक्छन् पाठ ?

फाइल तस्बिर ।

64
SHARES
Share on FacebookShare on Twitter

नेपाललाई कृषिप्रधान र जलस्रोतमा दोस्रो धनी राष्ट्र भनिन्छ । २०३९ सालसम्म नेपालले अरु देशलाई खाद्यान्न बेच्थ्यो, सहयोग गर्थ्यो । पाँच दशकअघिको कुरा हो, काठमाडौं उपत्यकाभित्र होस् या बाहिर, सबैतिर खैतैखेत थियो ।

घरहरू पनि जम्मै ढुंगामाटाको थियो । जसमा खरको छाना लगाइन्थ्यो ।

सरकारले २०२१, २०२८ र २०३२ सालमा जग्गा नापी गर्यो । जग्गा नापेर जनताको नाममा लालपूर्जा दियो । बाँकी भएको जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, तालपोखरी, ढुंगेधारा, चौतारालगायतको भनेर तोक्यो । २०४३ सालसम्म उपत्यकामा जग्गाको मूल्य नै थिएन ।

पञ्चायतकालमा डाँडामा घर बनाउनुपर्ने व्यवस्था थियो । यसको प्रमुख कारण थियो–मानव बस्ती र कृषियोग्य जमिन बचाउनु । गहिरो ठाउँमा घर बनाउन पाइँदैनथ्यो । उब्जनीयुक्त जमिनमा पनि घर निर्माण गर्न दिइँदैनथ्यो । अहिले त जहाँ मन लाग्यो, त्यहीँ घर बनाएको छ । खोलानाला पनि हेरिँदैन, गहिरो स्थान पनि ।

दश हजार रुपैयाँ रोपनीमा काठमाडौंको कपन, ललितपुरको भैंसेपाटी र भक्तपुरको राधेराधेमै जग्गा पाइन्थ्यो ।

पहिलेपहिलेका मान्छेहरु ६ महिना खेतबारीमा परिश्रम गर्थें, ६ महिना बसेर खान्थें । एउटै व्यक्तिको बिसदेखि पचासौं रोपनी जग्गा थियो । कतिको खरपाखा पनि थियो ।

सबै आफ्नै खेतबारीमा फलेको अन्न खान्थें । दहीदूध आफ्नै घरमा हुन्थ्यो । तरकारीहरू आफ्नै बारीमा उब्जाउँथे ।

मासुको लागि घरमै खसीबोका पालिन्थ्यो । तेलका लागि तोरी खेती गरिन्थ्यो । किन्ने भनेको लत्ता कपडा र नुन मात्र हो । घर पुरानो भएतापनि ५०–६० मुरी अन्न हुन्थ्यो ।

सबै घरभित्र भण्डारण गरेर राखिन्थ्यो । आकाशबाट पानी पर्दा त्यतिखेरका सर्वसाधारणहरु निकै खुशी हुन्थें । किन कि, पानीसँगै बाली राम्रो हुन्थ्यो । समयमै रोपाइँ गर्न पाउँदा उनीहरु आनन्दित बन्थें । तर, अहिले पानी पर्दा रुनुपर्ने र डराउनुपर्ने अवस्था छ । कारण हो–पानी परेको एकैछिनमा सबैतिर जलमग्न हुनु ।

२०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि भूमाफियाहरुले जग्गा प्लानिङ र खण्डीकरण गर्न शुरु गरे । त्यसअघि जग्गा प्लानिङ र खण्डीकरण गर्ने चलन नै थिएन । जग्गाधनीसँग आनाको हजार रुपैयाँमा खरिद गरेर भूमाफियाले टुक्राटुक्रा बनाए र आनाकै ६०–७० लाखमा बेचे ।

जोसँग हिजो बिसौ रोपनी जग्गा थियो, ऊसँग आज चार आना पनि छैन । कतिपय त विस्थापित नै भए । सरकारी, सार्वजनिक, गुठी, ऐलानी, खोलानाला छेउछाउको, हदबन्दीभन्दा बढीको जग्गा दर्ता गर्न छुट भएको भन्दै भटाभट भूमाफियाहरुले दर्ता गराए । देशैभरका यस्ता जग्गा भूमाफियाले दर्ता गरेर लगेका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले २०६५ मंसिर २९ गते खोलाको दायाँबायाँ २० मिटर छोडेर मात्र घर बनाउन पाउने निर्णय गर्यो । २०८० पुस २३ गते सर्वोच्च अदालतले खोलाको छेउछाउ ४० मीटर छोडेर मात्र संरचना निर्माण गर्न पाउने फैसला गरेको छ ।

पानी पर्दा खोला घरभित्रै पस्न सक्ने र जनधनको क्षति हुने भन्दै त्यति छोड्नुपर्ने फैसला गरिएकोमा अटेरी गर्दै आइएको छ । अदालतकै फैसलाको अपहेलना भइरहेको छ । जसका कारण हरेक वर्ष बर्खामा खोलाले वितण्डा मच्चाउने गरेको छ ।

पञ्चायतकालमा डाँडामा घर बनाउनुपर्ने व्यवस्था थियो । यसको प्रमुख कारण थियो–मानव बस्ती र कृषियोग्य जमिन बचाउनु । गहिरो ठाउँमा घर बनाउन पाइँदैनथ्यो । उब्जनीयुक्त जमिनमा पनि घर निर्माण गर्न दिइँदैनथ्यो । अहिले त जहाँ मन लाग्यो, त्यहीँ घर बनाएको छ । खोलानाला पनि हेरिँदैन, गहिरो स्थान पनि । विगतको सरकारले गहिरो भन्दै घर बनाउन रोक लगाएको राधेराधेमा अहिले थुप्रै घर निर्माण भइसकेको छ ।

त्यहाँ एकछिन पानी पर्नेबित्तिकै घरभित्र भेलवाढी पस्छ । गत वर्ष असोज १०, ११ र १२ गते पानी पर्यो । राधेराधे क्षेत्र चुलुम्मै पानीमा डुब्यो । उपत्यका नै जलमग्न भएको थियो । गत असोज १७ गते रातिदेखि शुरु भएको वर्षाले राधेराधे पानीमा तैरिरहेको छ । उपत्यकाभित्रको अवस्था पनि त्यस्तै छ ।

उपत्यका डुब्नुमा पानीको दोष छैन । सरकारको दोष र लापरवाहीको परिणाम हो यो । पानी सोस्नका लागि माटो चाहिन्छ । उपत्यकामा खाली ठाउँ भेट्नै मुस्किल छ । सबैतिर घर र बाटो छ । अनि पानी कहाँ जाओस् ? जमिनभित्र जान नपाएपछि पानी घरभित्र पस्ने भइहाल्यो ।

एकदेखि तीन आनामा घर बनाएका छन् । एउटासँग अर्को, अर्कोसँग फेरि अर्को जोडर घर निर्माण गरिएको छ । कहीँकतै खुला ठाउँ छैन । अस्तव्यस्त बस्तीका कारण एकछिन पानी पर्नेबित्तिकै त्रसित बन्नुपरेको हो । सरकारले बेलैमा ध्यान पुर्याएको भए, यो अवस्था आउँदै आउँदैनथ्यो ।

उपत्यकाभित्रका खोला मिचेर कुलो बनाइएको छ । खोलाले आफ्नो बग्ने ठाउँ खोज्छ नै । बग्ने ठाउँ नभएपछि खोला घरभित्र पसेको छ । हरेक वर्ष यस्ता घटना हुन्छन् । तर, सरकार र जनताले कहिल्यै पाठ सिकेको पाइँदैन । यो वर्ष जोगिएपनि अर्को वर्ष फेरि पानी पर्छ । योभन्दा ठूलो पर्न सक्ला ।

त्यतिखेरको घडीमा के गर्ने ? यो वर्ष टर्यो भन्दैमा अर्को वर्ष संकट नआउने होइन । राज्यले यो घटनाबाट पाठ सिक्नुपर्छ ।

राज्य व्यवस्थित शहर बनाउन लाग्नुपर्छ भने जनता सचेत हुनुपर्छ । ज्यानभन्दा ठूलो केही पनि होइन । दुर्घटना बाजा बजाएर आउँदैन । जुनसुकै बेलामा जेपनि हुनुसक्छ ।

यसलाई ख्यालख्याल गर्नु भनेको अर्कोपटक झन् धेरै धनजनको क्षति व्यहोर्नु हो । पानी मात्र होइन, अन्य धेरै प्राकृतिक विपद्ले हामीलाई सताइदिन्छ । पटकपटक ठूलो भूकम्प गएको उदाहरणहरु छन् । १९९० सालमा ठूलो भुइँचालो गयो । तर, त्यतिबेला धेरै धनजनको क्षति हुन पाएन ।

किन कि, त्यतिबेला ढुंगामाटाको घर थियो, सवैतिर खुला ठाउँ थियो । भूकम्प आउनेबित्तिकै सबै भागे । जसका कारण ठूलै भूकम्प आएतापनि धेरै क्षति नभएको हो । २०४५ सालमा पनि भूइँचालो आयो, केही घर ढल्यो, केही बिते । २०७२ वैशाख १२ गते भूकम्प गयो । यो भूकम्पमा अकल्पनीय क्षति भयो ।

सो भूकम्पमा हजारौंले ज्यान गुमाए । घरभित्रै सर्वसाधारण च्यापिए । महिनौंसम्म उनीहरुको लास निकाल्न सकिएन । बडा–बडा घरहरू ढ्वाङ्ग कि ढ्वाङ्ग भत्किए । जुन अहिलेसम्म पनि पुनःनिर्माण भइरहेको छ ।

यता, २०८० कात्तिक १७ गते पनि भूकम्प गयो । त्यसमा पनि धेरै क्षति व्यहोर्नुपर्यो ।

कहिले पानी त कहिले भूकम्पले मुलुकलाई सताइरहन्छ । हरेक वर्ष यस्ता घटना हुँदा राज्यलाई खर्बौंको क्षति पुग्छ ।

तैपनि, राज्यले कहिल्यै पाठ सिक्दैन । भनिन्छ नि,‘प्रिभेन्सन इज बेटर द्यान क्योर ।’ दुर्घटना भएपछि दुःख व्यक्त गर्नुभन्दा दुर्घटना हुनै नदिऊँ । त्यसका लागि ऐनकानुन परिवर्तन गर्ने हो कि अन्य कुनै उपाय अप्नाउने हो, अप्नाउनुपर्यो ।

राज्य नागरिकको अभिभावक हो । अभिभावकले कहिल्यैपनि आफ्ना सन्तानलाई जोखिममा पार्दैनन् । तर, नेपाल सरकार आफ्नो दायित्व निर्वाहमा चुकेको छ ।

सरकारले खेलाँची गर्दा वर्षेनि ठूलो जनधनको क्षति खेप्नुपरेको छ । अहिलेको घटनाबाट सरकारले पाठ सिकोस् । अहिलेलाई संकट टर्यो भनेर सरकार मख्ख पर्ने होइन, यस्ता घटना हुनै नदिन के गर्ने हो ? यसतर्फ सरकार केन्द्रित हुन आवश्यक छ ।

जनता भोट र करका लागि मात्र होइनन् । लिन जान्नेले दिन पनि जान्नपर्छ । जनताको जनधनको सुरक्षातर्फ सरकार गम्भीर होस् । जनताले पनि ख्यालख्याल नगरुन् । लापरवाहीले ज्यान नै जान सक्छ ।

ज्यानभन्दा ठूलो केही होइन भन्ने कुरा मनन गरौं ।

 

Tags: अनुसा थापाप्राकृतिक विपद्
अनुसा थापा

अनुसा थापा

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by अनुसा थापा
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
टाकुरा विशेष

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अनुसा थापा
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.