इटहरी : इटहरी–धरान सडकखण्डमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
सेउती पुल नजिक आइतवार साँझ करिब ५ः३० बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७७८६ नम्बरको मिनी ट्रकले सडक छेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोरङ सुन्दरहरैचा–५ का ट्रक चालक नेत्र गौतम, सहचालक संखुवासभाको सभापोखरी–२ का सुजन तामाङ, विपरीत दिशाबाट आइरहेको प्र १-०२-०४७ प ३९९३ नम्बरको स्कुटर सोही बसमा ठोक्किँदा चालक सुमना राई र पछाडि सवार सुवास राई घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन अस्थायी प्रहरी चौकी तीनकुनेको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post