विराटनगर : विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट नक्कली नोटसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रवार साँझ करिब साढे ६ बजेतिर भारतको बिहार, अररिया निवासी २३ वर्षीय मो. अरवाज जोगबनीबाट सिटी सफारीमा चढी विराटनगर आएका थिए।
बसपार्कमा ओर्लिँदा उनले सिटी चालकलाई भारतीय २०० रुपैयाँको नोट तिर्न खोजेका थिए। नोट शङ्कास्पद देखिएपछि चालकले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरी टोली घटनास्थलमा पुगेपछि अरवाज र उनीसँगै रहेका १६ वर्षीय मो. राजाबिहार,अररिया निवासीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा लगिएको थियो।
अनुसन्धानका क्रममा अरवाजको साथबाट नक्कली भारतीय २०० रुपैयाँका १८ थान र ५०० रुपैयाँको १ थान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post