इटहरी : इटहरी उपमहानगरपालिका–२ स्थित माया घर नजिकै १०८ शिवलिङ्गको स्थापना गरिएको छ ।
शिवलिङ्गको प्राण प्रतिष्ठा तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम कात्तिक १४ देखि २१ गतेसम्म आयोजना हुने भएको छ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको नेतृत्व र स्थानीय समुदायको सहभागितामा करिब ३६ लाख रुपैयाँ लागतमा उक्त धार्मिक संरचना तयार पारिएको हो।
पत्रकार सम्मेलनमार्फत आयोजकले श्रीमद्भागवत् चतुर्मास पारायणको समापनसँग जोडेर हुने यस कार्यक्रमलाई कोशी प्रदेशको नयाँ धार्मिक–पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको जानकारी दिइयो।
कार्यक्रमअन्तर्गत कात्तिक १४ गते कलश शोभा यात्रा, कात्तिक १७ देखि १९ गते विशेष प्राण प्रतिष्ठा अनुष्ठान तथा सामूहिक शंखघोष–जलाभिषेक गरिनेछ।
आयोजकका अनुसार शिवलिङ्ग नेपाली शिलाबाट निर्मित र आसन भक्तपुरमा उत्पादन गरिएको कलात्मक इँटाबाट तयार गरिएको छ।













Discussion about this post