Friday, November 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८२
in टाकुरा विशेष, समाचार
0
धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक
486
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी जिल्लाका दुई फरक स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो तथा स्थानीय प्रहरीहरूको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गाँजा बरामद गरेको हो।

शनिवार राति ११ः१० बजेतिर धरान उपमहानगरपालिका–१७ र २० को सिमाना नजिक चुम्पुले खोलाको जंगल क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली उक्त स्थानमा पुगेको थियो।

प्रहरीलाई देख्नासाथ झण्डै १०–११ जना भरियाहरूले बोकेका भारी फालेर जंगलतर्फ फरार भएका थिए। प्रहरी टोलीले फालिएको सामान खोल्दा १० वटा बोरामा प्याक गरिएको अवस्थामा २६८ केजी गाँजा फेला परेको जनाएको छ।

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरान ल्याएर संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी इटहरी–१३ सोमबारेबाट २५ केजी गाँजासहित २ जनालाई पक्राउ गरिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर तथा प्रहरी चौकी खनारबाट संयुक्त टोली खटिएको थियो।

टोलीले गणेश पेट्रोल पम्प अगाडि दुई वटा बोरासहित इटहरी १३ बस्ने २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदारलाई नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा उनीहरूको साथबाट २५ केजी गाँजा फेला पारेको हो।

दुवै जनालाई लागूऔषध सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।

खासगरी पहाडी जिल्ला धनकुटाबाट मध्यरातिको समयमा भरियाहरूले गाँजा ओसारपसार गर्ने र धरानबाट लुकाइछिपाई तराईका विभिन्न जिल्लासहित भारतसम्म पुर्‍याउने गरिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान तथा निगरानी बढाएको जनाएको छ।

Tags: #इटहरी#धरान#पक्राउगाँजाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच
FEATURE BREAKING

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

by माधव पोख्रेल
मंसिर ४, २०८३
0

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाले विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी नगर क्षेत्रका ६ वटा विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा
निर्वाचन

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८३
0

इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कोशी प्रदेशका पाँच जिल्लाका १३ जनप्रतिनिधिको...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३
उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

उदयपुरमा एक महिनामै ४८ मुद्दा दर्ता

मंसिर ३, २०८३
दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

दुई दशकपछि नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउँदै इटहरीको नेक्सस ब्यान्ड

मंसिर ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

त्रियुगा नगरपालिकाले गरायो विद्यार्थीको आँखा जाँच

मंसिर ४, २०८३
बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

कोशीका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त

मंसिर ३, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

झापामा तीन महिनामै आगलागीका ४५ घटना

मंसिर ३, २०८३
नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

नयाँ प्रविधिसहितको शल्यक्रिया सिक्दै चिकित्सक, इटहरीमा राष्ट्रिय सम्मेलन

मंसिर ३, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1027 shares
    Share 411 Tweet 257
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    847 shares
    Share 339 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    517 shares
    Share 207 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    388 shares
    Share 155 Tweet 97

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.