Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

सगरमाथाको फोहोर फिर्ता ल्याउने ‘डिपोजिट’ प्रणाली असफल, खारेज गर्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १५, २०८२
in पर्यावरण, समाचार
0
सगरमाथाको फोहोर फिर्ता ल्याउने ‘डिपोजिट’ प्रणाली असफल, खारेज गर्ने तयारी
61
SHARES
Share on FacebookShare on Twitter

सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि लागू गरिएको धरौटी फिर्ता योजना असफल भएपछि सरकारले यसलाई खारेज गर्ने तयारी गरेको छ।

बीबीसीका अनुसार पर्वतारोहीहरूलाई आफ्नो फोहोर आफैँ तल ल्याउन प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो योजनाले ११ वर्षसम्म पनि ठोस नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै पर्यटन विभागले यसलाई हटाउन लागेको हो।

हालको व्यवस्था अनुसार सगरमाथा चढ्ने प्रत्येक आरोहीले ४ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने नियम छ। आरोहणपछि कम्तीमा ८ केजी फोहोर फिर्ता ल्याएमा मात्र उक्त रकम फिर्ता दिने प्रावधान थियो।

तर, ५० टनसम्म फोहोर थुप्रिएको अनुमान गरिएको विश्वको सर्वोच्च शिखरमा यो नियमले खासै परिवर्तन ल्याउन सकेन।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार फोहोरको समस्या ज्युँका त्युँ रहनुका साथै यो योजना प्रशासनिक बोझ मात्र बन्न पुगेको छ।

सरकारी तथ्याङ्क अनुसार विगतका वर्षहरूमा अधिकांश आरोहीले आफ्नो धरौटी रकम फिर्ता लगेका छन्, जसको अर्थ उनीहरूले फोहोर तल ल्याएको देखिन्छ। तर, समस्याको चुरो भने अर्कै छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का प्रमुख कार्यकारी छिरिङ शेर्पाका अनुसार आरोहीहरूले प्रायः तल्लो क्याम्पहरूबाट मात्र फोहोर ल्याउने गरेका छन्, जबकि सबैभन्दा बढी फोहोर माथिल्लो क्याम्पहरूमा थुप्रिएको छ।

माथिल्लो क्षेत्रबाट आरोहीहरूले केवल अक्सिजनका खाली सिलिन्डर मात्र ल्याउने र टेन्ट, खानेकुराका बट्टा तथा अन्य सामग्रीहरू त्यहीँ छाड्ने गरेका कारण फोहोरको थुप्रो नघटेको हो।

एकजना आरोहीले करिब ६ हप्ताको आरोहण अवधिमा औसत १२ केजी फोहोर उत्पादन गर्छन्। तर, नियममा भने केवल ८ केजी मात्र ल्याउनुपर्ने व्यवस्था हुनु र उत्पादित फोहोरको तुलनामा ल्याउनुपर्ने मात्रा कम हुनु नै यो नियमको मुख्य कमजोरी मानिएको छ।

साथै, खुम्बु आइसफलभन्दा माथिल्लो क्षेत्रमा आरोहीहरूको गतिविधि निगरानी गर्ने प्रभावकारी संयन्त्र नहुँदा पनि यो योजना सफल हुन नसकेको सरोकारवालाहरू बताउँछन्।

यो ‘त्रुटिपूर्ण’ नियम हटाएर अब नयाँ र प्रभावकारी प्रणाली लागू गर्ने तयारीमा अधिकारीहरू जुटेका छन्।

बीबीसी

Tags: #पर्यटन#रासससगरमाथा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    489 shares
    Share 196 Tweet 122
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.